Wednesday, June 1, 2011

जेठ 22 गते सार्वजनिक सुनुवाइ हुने

यही मिति 2068 जे 22 गते धरान नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । नगरवासीहरू ले आफूले भोग्दै आएका समस्याहरूको विषयमा सम्बन्धित निकाय सँग प्रत्यक्ष गुनासो पोख्न र चित्तबुझ्दो उत्तर पाउने अवसरको रूपमा रहेको यस कार्यक्रममा धरान नगरपालिका, राजनीतिक दल, इलाका प्रशासन, प्रहरी कार्यालय, खानेपानी विद्युत् टेलिकम, नागरिक समाज लगायत विभिन्न गैरसरकारी संघसंस्थाको उपस्थिति रहने छ ।

विगत 3 बर्ष देखि सूचनाको हक अन्तर्गत देशभरिका नगरपालिकाहरूले वर्षको 2 पटक सार्वजनिक सुनुवाइ गर्नु पर्ने व्यवस्था भए अनुसार धरान नगरपालिकाले कार्यक्रम आयोजनमा सहयोग गर्दै आएको छ ।


मिति : 2068 जेठ 22 गते आइतवार
समय : दिउसो 11:30 बजे देखि
स्थान : मोतिस्मृति भवन (धरान नगरपालिका कार्यालय परिसर)

No comments:

Post a Comment