Tuesday, February 12, 2013

आ.व. 2069/70 को दोस्रो त्रैमासिक समीक्षा सम्पन्न



यही मिति २०६९/१०/२८ गते शुक्रवार  धरान नगरपालिकाको २०६९ कार्तिक देखि पौष सम्मको दोस्रो त्रैमासिक समीक्षा गोष्ठी धरान नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री भोजराज खतिवडाज्यूको संयोजकत्वमा नगर राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा धरान नगरपालिका कार्यालयका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो ।

उक्त अवसरमा नगरपालिका कार्यालयबाट शाखागत् रूपमा सम्पन्न गरिएका कार्यहरू, कार्यक्रम संचालनका क्रममा आई परेका समस्या आदीका बारेमा सहभागी समक्ष कार्यकारी प्रमुखबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूबाट उठाइएका जिज्ञासाहरूलाई कार्यकारी लगायत सम्बन्धित शाखा प्रमुखबाट उत्तर दिने कार्य भयो र सुझावहरूलाई आगामी कार्यक्रममा समेट्दै लैजाने प्रतिबद्धता जाहेर गर्दै उक्त कार्यक्रमलाई धरान नगरपालिका कार्यालयका कार्यकारीज्यूबाट समापन गरिएको थियो ।

No comments:

Post a Comment