Saturday, July 27, 2013

बक्लौरी गा.वि.स.को विभिन्न धरानबाट बगेर गएका फोहोरहरुको असर वारे स्थलगत अवलोकन भ्रमण सम्पन्न




यही मिति 2070 श्रावण 11 गते शुक्रवारका दिन नगरपालिकाका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा  पत्रकारहरूको भ्रमण दलले धरान नगरको फोहोर व्यवस्थापन स्थल (Dumping) बाट बाढीले बगाएर लगेको फोहोरबाट बक्लौरी गा.वि.स.को विभिन्न स्थानहरूमा पारेको असर वारे स्थलगत १ दिने अवलोकन भ्रमण सम्पन्न भयो । 

उक्त अवलोकन भ्रमणका अवसरमा सेउती खोला, खोला किनारका खेती तथा अन्य स्थानहरूमा थुप्रिएको फोहरको अवलोकन गरिएको थियो भने बक्लौरी गा.वि.स. भवनमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, गा.वि.स सचिव एवं स्थानीय प्रभावित कृषकहरू बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

छलफल कार्यक्रममा धरान नगरपालिकाले फोहोर व्यवस्थापनमा सुधार गर्नु पर्ने तथा हाल खेतमा जम्मा भएको फोहोरहरूको व्यवस्थापन गरिदिनु पर्ने माँग उपस्थित प्रतिनिधिहरूबाट उठेको थियो भने भ्रमण टोलीले धरान नगरपालिकाको फोहोर व्यवस्थापनमा सुधारका लागि तत्कालै कदम उठाउने र खेतमा जम्मा भएको फोहोरहरू केही दिन भित्रै संकलन गरी व्यवस्थापन गरिदिने प्रतिबद्धता समेत गरेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete