Tuesday, October 8, 2013

धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइ सम्पन्न



यही मिति 2070 असोज 21 गते सोमवारका दिन धरान नगरपालिका कार्यालयको प्राङ्गणमा "धरान नगरपालिकाले उपलब्ध गराएका सेवा सुविधा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान नगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरान नगर समितिको व्यवस्थापनमा भएको थियो ।

महिला सञ्जालका अध्यक्ष मीना पुलामीको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख दिलबहादुर तामाङ – प्रमुख अतिथि रहनु भएको थियो भने धरान स्थित राजनीतिक दलका प्रतिनिधि लगायत धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा अतिथि रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।
राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा मोडरेटर लक्ष्मी राईबाट बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गरिएको थियो भने मुख्य कार्यक्रमको सहजीकरण पत्रकार भवानी बरालले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विषयमा सहभागीहरूबाट राखिएका प्रश्न तथा जिज्ञासाको समाधान तथा स्पष्ट पार्ने कार्य सम्बन्धित शाखा प्रमुखहरूबाट भएको थियो ।  
 
निष्कर्ष
  •  धरान नगरपालिका कार्यालयद्वारा जारी गरिएको नागरिक वडापत्र २०६३ संशोधन सहित २०६८ अनुसार नगरपालिकाबाट सेवा लीन चाहने सेवाग्राहीले नगरपालिकाबाट दिइने सेवा सुविधामा सार्वजनिक बहस मार्फत आज २०७०/०६/२१ गते सार्वजनिक बहस सम्पन्न गरियो ।
  • धरान  नगरपालिकाको ८ वटा शाखाबाट प्रदान गरिने ५० वटा सेवाहरुको बारेमा बुदागत जानकारी दिइएको थियो भने सहभागिहरुबाट विषयगत सूचिका साथ साथै अन्य नगरपालिकाका विविध विषयमा पनि जिज्ञासा तथा प्रश्न राखेका थिए ।  
  • यस कार्यक्रममा मा 24 वटा भन्दा बढि सेवाग्राहीले सुविधामा भएको कमी कमजोरी माथि जिज्ञासा राख्ने काम भएको छ ।
  •  भविष्यमा यस्ता कार्यक्रममा बढीभन्दा बढि सहभागिता गराउन सरोकारवाला सबैको दायित्व रहने प्रतिबद्धता जाहेर गरिएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete