Sunday, February 8, 2015

निर्माण उपभोक्ता समिति पदाधिकारीहरूलाई आयोजना व्यवस्थापन तथा संचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


स्थानीय निकाय र श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ मा उपभोक्ता समिति सम्बन्धी व्यवस्था भए बमोजिम उपभोक्ता समितिको काम, कर्तव्य, अधिकार लगायत निर्माण सामग्रीको परिणाम, आयोजनाको गुणस्तर, राख्नु पर्ने खाता, किस्ता निकासा तथा भुक्तानी प्रक्रिया, पारदर्शिता तथा अनुगमन सम्बन्धी व्यवस्थाका बारेमा उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्षलाई अनुशिक्षण कार्यक्रम गर्नु पर्ने व्यवस्था भए बमोजिम उक्त कार्यक्रम यस धरान उप-महानगरपालिका कार्यालयले आ.ब. २०७१/०७२ को क्षमता विकास योजना अन्तर्गत निर्माण उपभोक्ता समिति पदाधिकारीहरूलाई आयोजना व्यवस्थापन तथा संचालन सम्बन्धमा एक दिने अभिमुखीकरण कार्यक्रम यही मिति २०७१/१०/२५ गते आइतवार सफलता पूर्वक सम्पन्न गरिएको छ ।

उक्त एक दिने अनुशिक्षण कार्यक्रममा सहजकर्ताको रूपमा धरान उप-महानगरपालिकाका नगर प्रमुख तथा कार्यकारी अधिकृत टीकादत्त राई, वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, इन्जिनियर हस्त कुमार राई, स.ई. वालकृष्ण कार्की, वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, लेखा अधिकृत भेषराज अधिकारीबाट तथा योजना सहायक किरण भूजेल बाट सहजिकरण गरिएको थियो  ।

कार्यक्रमको मुख्य उदेश्य स्थानीय स्तरका पूर्वाधार निर्माण तथा मर्मत कार्यका लागि उपभोक्ता समिति मार्फत गर्ने भन्ने नीति अनुरूप धरान उप-महानगरपालिकाले पनि नगर क्षेत्रमा विगतका वर्षहरू देखि नै पनि निर्माण कार्यहरू ठेक्का प्रणालीलाई निरुत्साहसित गर्दै उपभोक्ता समिति मार्फत गर्नको लागि उपभोक्ता समितिसँग कार्य गर्न सम्झौता गरी निर्माण कार्य सम्पन्न गर्दै आइरहेको छ । यद्यपि उपभोक्ता समिति पदाधिकारीहरूलाई निर्माण कार्य सँग सम्बन्धित न्यूनतम जानकारी समेत नभएको हुन सक्ने अवस्थालाई मध्ये नजर गर्दै सम्झौता प्रक्रिया, खाता व्यवस्थापन, पेस्की निकासा, विल भर्पाईको तयारी, सार्वजनिक परीक्षण, आयोजनाको गुणस्तर तथा आयोजना फर्‌र्छौट गर्ने सम्बन्धमा विषय विज्ञहरूबाट जानकारी प्रदान गरियो ।  कार्यक्रममा सहभागीको रूपमा १५ वटा उपभोक्ता समितिका ४० जना पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।



3 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  2. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 메이저놀이터

    ReplyDelete
  3. Some humans who've used ParaGard IUD delivery manipulate have complained that they suffered great and surprising IUD aspect results while trying to have the contraception tool removed. ParaGard IUD removal complications

    ReplyDelete