Friday, March 27, 2015

निर्माण उपभोक्ता समिति पदाधिकारीहरूलाई आयोजना व्यवस्थापन तथा संचालन सम्बन्धमा एक दिने अभिमुखीकरण कार्यक्रम



धरान उप-महानगरपालिका क्षमता विकास योजना -Capacity Development Plan 2071-072) अन्तर्गतका योजनाहरू मध्ये निर्माण उपभोक्ता समिति पदाधिकारीहरूलाई आयोजना व्यवस्थापन तथा संचालन  सम्बन्धी अनुशिक्षण दिने कार्यक्रम समुदायको क्षमता विकास अन्तर्गतको कार्यक्रम हो । स्थानीय निकाय र श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ मा उपभोक्ता समिति सम्बन्धी व्यवस्था भए बमोजिम उपभोक्ता समितिको काम, कर्तव्य, अधिकार लगायत निर्माण सामग्रीको परिणाम, आयोजनाको गुणस्तर, राख्नु पर्ने खाता, किस्ता निकासा तथा भुक्तानी प्रक्रिया, पारदर्शिता तथा अनुगमन सम्बन्धी व्यवस्थाका बारेमा उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्षलाई अनुशिक्षण कार्यक्रम गर्नु पर्ने व्यवस्था भए बमोजिम उक्त कार्यक्रम यस धरान उप-महानगरपालिका कार्यालयले आ.ब. २०७१/०७२ को क्षमता विकास योजना अन्तर्गत निर्माण उपभोक्ता समिति पदाधिकारीहरूलाई आयोजना व्यवस्थापन तथा संचालन सम्बन्धमा एक दिने अभिमुखीकरण कार्यक्रम यही मिति २०७१/१२/१२ गते बिहीवार सफलता पूर्वक सम्पन्न गरिएको छ ।

उक्त एक दिने अनुशिक्षण कार्यक्रममा सहजकर्ताको रूपमा धरान उप-महानगरपालिकाका व.प्र.अ. गणेश प्रसाद खतिवडा, ले.अ. भेषराज अधिकारी, व.इ. सुरज श्रेष्ठ, स.ई. वालकृष्ण कार्की, बाट तथा योजना सहायक किरण भुजेलबाट सहजिकरण गरिएको थियो ।

कार्यक्रमको मुख्य उदेश्य स्थानीय स्तरका पूर्वाधार निर्माण तथा मर्मत कार्यका लागि उपभोक्ता समिति मार्फत गर्ने भन्ने नीति अनुरूप धरान उप-महानगरपालिकाले पनि नगरश्रेत्रमा विगतका वर्षहरू देखि नै पनि निर्माण कार्यहरू ठेक्का प्रणालीलाई निरुत्साहसित गर्दै उपभोक्ता समिति मार्फत गर्नको लागि उपभोक्ता समितिसँग निर्माणकार्य गर्न सम्झौता गरी पूर्वाधार निर्माण कार्य सम्पन्न गर्दै आइरहेको छ । यद्यपि उपभोक्ता समिति पदाधिकारीहरूलाई निर्माण कार्य सँग सम्बन्धित न्यूनतम प्राविधिक तथा प्रकृयागत जानकारी समेत नभएको हुन सक्ने अवस्थालाई मध्ये नजर गर्दै सम्झौता प्रक्रिया, खाता व्यवस्थापन, पेस्की निकासा, विल भर्पाईको तयारी, सार्वजनिक परीक्षण, आयोजनाको गुणस्तर तथा आयोजना फर्छौट गर्ने सम्बन्धमा विषय विज्ञहरूबाट जानकारी प्रदान गरियो ।  कार्यक्रममा सहभागीको रूपमा १६ वटा उपभोक्ता समितिका ५० जना पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

1 comment:

  1. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 토토놀이터

    ReplyDelete