Tuesday, July 7, 2015

सामाजिक परिचालन तथा जवाफदेहिता सम्बन्धी तालिम सम्पन्न



 
धरान उप-महानगरपालिका सामाजिक परिचालन कार्यविधि - २०७१ अनुसार सामाजिक परिचालन कार्यक्रमलाई सहजिकरण गर्नको लागि स्थानीय सेवा प्रदायक संस्था नियुक्त गर्ने प्रावधान अनुरुप धरान उप-महानगरपालिकाले तिन वटा स्थानीय सेवा प्रदायक संस्था -युवा दृष्टि समाज धरान तथा सेभ द अर्थ ईन्टरनेसनल सुनसरी/JV, सामुदायिक समाज उत्थान केन्द्र -CSDC) सुनसरी, मानव विकास तथा वातावरण संरक्षण मञ्च -HUDEP) सुनसरी, _सँग करार सम्झौता गरेको छ ।
तोकिएको संस्थाहरूलाई कार्यक्षेत्र विभाजनको लागि सामाजिक परिचालन समन्वय समितिले क्लष्टर निर्धारण गरी दिएको छ । जस अनुरूप VYS/STEI वार्ड नं. १,,,१४,१५.२०,२१,२२ र २३ त्यसै गरी CSDC वार्ड नं. ६,,,,१७,१८,१९,२४ र २७ तथा HUDEP वार्ड नं.,,१०,११,१२,१३,१६, २४ र २५ वार्डहरु सहजिकरण गर्ने जिम्मेवारी तोकिएको छ । सम्झौता अनुसार सेवा प्रदायक संस्थाले हरेक वार्डमा एक एक जना योग्यता पुगेको सामाजिक परिचालकको नियुक्ति गरिसकेको छ ।
उक्त तालिम कार्यक्रम MoFALD/LGCDP को आर्थिक सहयोग तथा  राष्ट्रिय NSP/LDTA को व्यवस्थापनमा सामाजिक परिचालकहरूलाई ४ दिने सामाजिक परिचालन तालिम कार्यक्रम मिति २०७२ असार ३, ४, ५ र ६ गते सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उदेश्य सामाजिक परिचालकहरूलाई समुदायमा गएर काम गर्न सक्ने गरी सामाजिक परिचालनको विभिन्न विधिहरूको विषयमा जानकारी गराई उनीहरूको समग्र व्यक्तित्व तथा क्षमता विकास गराउनु रहेको थियो ।
कार्यक्रममा धरान उप-महानगरपालिका २७ वडाका स्थानीय सेवा प्रदायक संस्थाद्वारा नियुक्ति भएका सामाजिक परिचालक तथा स्थानीय सेवा प्रदायक संस्थाको कार्यक्रम संयोजक कार्यक्रमका सहभागीहरू रहेको थियो । अनुशिक्षण कार्यक्रमका श्रोत व्यक्तिको जिविस सुनसरी सामाजिक विकास अधिकृत श्री माया राई तथा श्री शुभचन्द्र राई द्वारा सहजिकरण गरिएको थियो ।

No comments:

Post a Comment