Friday, July 3, 2015

नयाँ तथा गुणात्मक पूर्वाधार निर्माणको लागि निर्माण विधि तथा सामग्री सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न

 
धरान उप महानगरपालिका क्षमता विकास योजना अन्तर्गत कर्मचारीहरूको व्यक्तित्व तथा क्षमता विकासको लागि  नगरपालिका प्राविधिक कर्मचारी तथा सरोकारवालाहरूको क्षमता विकासको लागि नयाँ तथा गुणात्मक पूर्वाधार निर्माणको लागि निर्माण विधि तथा सामग्री -One day Training on Road Construction and New Technology To Municipal Technical Staff and Stakeholder) सम्बन्धी एक दिने तालिम कार्यक्रम मिति २०७२ असार १२ गते सम्पन्न गरिएको छ ।

कार्यक्रमको मुख्य उदेश्य नगरपालिका प्राविधिक कर्मचारीहरू तथा स्थानीय निर्माण व्यवसायीहरूलाई विशेषगरी रोड निर्माण कार्यमा उपर्युक्त विधि ज्ञान तथा प्रविधिको प्रयोगको बारेमा छलफल गरि धरान नगर क्षेत्रमा वन्ने बाटोहरूमा प्राविधिक तथा व्यवसायीहरुले प्रयोग गर्दै आएको विधिको विषयमा अन्तर्कृया गन् तथा उपयुक्त विधिको विषयमा जानकारी दिनको लागि यस कार्यक्रम तय भएको हो ।

उक्त एक दिने तालिम कार्यक्रमको सहभागीको रुपमा धरान उप-महानगरपालिका कार्यालयका सम्पूर्ण प्राविधिक कर्मचारीहरू तथा स्थानीय निर्माण व्यवसायीहरू समेत गरी जम्मा २६ जना तालिम कार्यक्रमका सहभागीहरू रहेको थियो ।
कार्यक्रमका श्रोत व्यक्ति तथा सहजकर्ताको रुपमा सडक डिभिजन कार्यालय, सडक विभाग सिनियर ई. श्री राजेस कुमार दास द्वारा सहजिकरण गरिएको थियो ।
 

No comments:

Post a Comment