Sunday, October 18, 2015

क्षतिपूर्ति सहितको नागरिकवडापत्र सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।





क्षतिपूर्ति सहितको नागरिक वडा पत्र  सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०७२/०६/२३ गते एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा  सहजकर्ताको रूपमा गृह मन्त्रालयsf उप-सचिव श्री नारायणबहादुर थापा तथा सेवा प्रदायक संस्था -Support for Development Initiatives Consultancy Pvt.Ltd.Kathmandu,Nepal) का श्री प्रेम प्रसाद दवाडी रहनु भएको थियो ।  
          यस कार्यक्रममा सहभागीको रूपमा धरान उप-महानगरपालिका कार्यालयका कार्यालय प्रमुख श्री टीकादत्त राई,कार्यालयका विभिन्न शाखा tyf उप-शाखाका प्रमुख तथा अन्य कर्मचारीहरू, वडा सचिवहरू तथा राजनैतिक दलका प्रतिनिधिहरू समेत गरी जम्मा ४४ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
 उक्त कार्यक्रममा सहजकर्ता श्री नारायणबहादुर थापाले स्थानीय स्वायत्त शासन नियमावली २०५५ अनुसार कार्यालयबाट प्रवाह हुने विभिन्न सेवाहरुमा नगरपालिकाको लापरवाही वा कर्मचारीको ढिलासुस्तिमा नगरवासी वा सेवाग्राहीमा पर्न सक्ने अषरहरु र हाल अन्य नगरपालिकामा संचालनमा ल्याईएका क्षतिपुर्तिहरुका विषयहरुको समेत संक्षिप्त जानकारी गराउँदै शुसासनको प्रत्याभुती दिलाउन  सेवाग्राहीलाई क्षतिपुर्तिको ब्यबसथा मिलाउन तोकिएको सम्वन्धित पदाधिकारी वा कर्मचारीवाट के कति सम्मको क्षतिपुर्ति दिलाउन सक्ने भन्ने मुख्य आधार बनाएर धरान उपमहा नगरपालिकाले बनाउन लागेको नागरिक वडापत्रमा समेट्नु पर्ने विषयमा सहजकर्तावाट सहभागीहरुलाई सहजीकरण गरिएको थियो । यस वडापत्रमा तपशिलका सेवाहरूमा तोकिएको कागज पत्र पुरा गरी पेश भएको अवस्थामा तोकिएको समय सिमा भित्र प्रवाह हुन नसकेमा सेवाग्राहीले क्षतिपूर्तिको लागि दावी गर्न सक्ने प्रावधानहरु सम्मिलित भएको वडापत्र जारीगर्ने निर्णय भएको छ ।
तपशिल
वडा समितिवाट प्रवाह हुने सेवामा
क। नागरिकताको प्रमाणपत्रको सिफारिस
ख। नागरिकताको प्रतिलिपिको सिफारिस
उप-महानगरपालिका कार्यालयवाट प्रवाह हुने सेवाहरु
_ नाता प्रमाणित  _ चारकिल्ला प्रमाणित  _ प्लिन्थ लेवल नक्शा ईजाजत  _ ‌औषधी उपचार सिफारिस
_ व्यवसाय दर्ता

No comments:

Post a Comment