यही मिति 2067 चैत्र 26 गते शनिवारका दिन एक दिवसिय "कानुनी साक्षरता अभिमुखीकरण कार्यक्रम" सम्पन्न भएको छ । नगरपालिकाको सेवा प्रवाहको पहिलो द्वारको रूपमा रहेको वडा समिति कार्यालय र त्यस कार्यालयको जिम्मेवारी वहन गर्ने वडा सचिवलाई ऐन नियम तथा पछिल्लो समयहरूमा जारी भएका कार्यविधि तथा निर्देशिकाहरूबारे अवगत गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
कार्यक्रममा मुलुकी ऐन, व्यक्तिगत घटना दर्ता ऐन, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, भवन ऐन तथा भवन नियमावली, सुशासन ऐन, योजना छनौट तथा उपभोक्ता समिति गठन कार्यविधि, नेपाल नागरिकता ऐन तथा नियमावली, घरेलु हिंसा ऐन, MCPM, सरजमिन मुचुल्का कार्यविधि आदि विषयहरू समावेश गरिएको थियो ।
No comments:
Post a Comment