Sunday, August 15, 2010

सर्दु खोलाको डिलका अनधिकृत बसोवास हटाइयो ।

2066.12.03

आज मिति 2066.12.03 गते बिहान धरान ११ र १७ न वडाको सर्दु खोलाको डिलमा अनधिकृत रुपमा बसोवास गर्ने उद्देश्यले बाँसका गाडिएका खाबा खुट्टीहरुलाई नगरपालिका सञ्चालन दलीय संयन्त्रका प्रतिनिधि, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयका प्रहरी प्रशासन समेतको उपस्थितिमा नगरपालिकाद्वारा हटाइएको छ । उक्त हटाउने क्रममा गाडिएका खाबा खुट्टी उखेल्न थाले पछि केही व्यक्तिहरूले आफूले गाडेका खाबा खुट्टी आफैले उखलेर समेत लगेका थिए ।

हिजो ३ बजे नगरपालिकामा बसेको नगरपालिका सञ्चालन दलीय संयन्त्र, नागरिक समाज, र प्रहरी प्रशासनको संयुक्त बैठकले पुरानो वस्तीहरूलाई व्यवस्थित गर्ने, त्यसरी नयाँ अनधिकृत रुपमा बसोवास गर्नेहरूलाई हटाउने र बसोवास गर्नलाई उक्साउने व्यक्तिहरूको पहिचान गरी कार्यबाही प्रकृया अगाडि बढाउने भन्ने निर्णय अनुरूप उक्त टहराहरू हटाइएको हो ।

No comments:

Post a Comment