Monday, September 26, 2011

आ.व. 2067/68 को बार्षिक समीक्षा वैठक सम्पन्न


यही मिति 2068 असोज 1 गते धरान नगरपालिकाले गत आ.व. 2067/68 मा सम्पन्न गरेको आफ्नो कामको समीक्षा सम्पन्न गरेको छ । धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत टिकादत्त राईज्यूको अध्यक्षतामा तथा संविधान सभा सुनसरी क्षेत्र नं. 1 को सभासद् माननीय किरणकुमार राईज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा धरानका पूर्व जनप्रतिनिधिहरू, विभिन्न कार्यालय/संघसंस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, नागरिक समाज तथा पत्रकारहरू अन्य उपस्थित महानुभावहरूको उपस्थिति रहेको थियो ।

धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत टिकादत्त राईज्यूबाट नगरपालिकाको यथार्थ आय तथा व्यय, विभिन्न शाखा/उपशाखा प्रगति विवरण, MCPM को नतिजा लगायत आ.व. 2067/2068 मा नगरपालिकाले हासिल गरेको मुख्य मुख्य उपलब्धिहरू प्रस्तुत गर्नु भएको थियो भने धराने जनताको आर्थिक, सामाजिक, वातावरणीय लगायत शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा जुन लक्ष्य र उपलब्धिहरू लिने भनी आर्थिक वर्ष 2067/68 को नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था गरेको थियो त्यो बमोजिम धरान नगरपालिकाले के कति त्यो लक्ष्य र उपलब्धि हासिल गर्न सफल भयो र कुन कुन क्षेत्रमा के कति बाँकी रहयो ? कहाँकहाँ छुट भयो ? र क्षेत्रमा अव के गर्न सकिन्छ ? भन्ने त्यस विषयमा समेत समीक्षा भएको थियो ।

धरान नगरपालिकाले आ.व. 2067/2068 मा सीमित श्रोत साधनका वावजूद पनि धेरै उदाहरणीय एवं जनपक्षीय काम गरेकोमा उक्त कार्यक्रमको सबै पक्षबाट प्रशंसा सहित खुसी व्यक्त गरेका थिए ।

No comments:

Post a Comment