Wednesday, January 25, 2012

चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ सम्पन्न



धरान नगरपालिकाको आयोजना क्यूपेक नेपाल, सेक नेपाल तथा स्थानीय भवन निर्माण व्यवसायी निर्माण संघको सहयोगमा चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मिति २०६८/१०/०२ गते भव्यताको साथमा मनाइएको छ ।धरान नगरपालिकाको प्राङ्गणमा भूकम्प गएको वेलामा गर्नु पर्ने पूर्व अध्यास गरि शुरु भएको र्‍याली भानु चौकमा पुगेर भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी मानिसको हातेसाङ्लो निर्माण गरि भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी एक्यबद्धता जनाउँदै पहिलो चरणको सभा विसर्जन गरिएको थियो । दोस्रो चरणमा पुन: भानु चौकमा बेलुकी ५:३० नगरपालिकाका कर्मचारी तथा प्रतिनिधिहरू, सहयोगी संस्था प्रतिनिधिहरू, नगरवासी तथा सरोकारवालाहरू तथा पत्रकारहरू समेतको भेलाले २०४५ साल भदौ ५ गते गएको भूकम्पले धरानमा ११६ जनाको ज्यान गएको तीतो सम्झनामा ११६ वटा दिप प्रज्वलन गरी यस राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रमको समापन गरियो ।

चौधौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई भव्यताका साथ मनाउने सिलसिलामा धरान नगरपालिकाको आयोजना तथा स्थानीय भवन निर्माण व्यवसायी संघ धरानको सहयोगमा 2068 माघ ४ गते रेलवे चौकमा 5 गते मंगलबारे चौकमा र 6 गते गणेशमान चौकमा भूकम्प सम्बन्धी चेतना मूलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यसै गरी क्यूपेक नेपालको सहयोगमा 2068 माघ 10 गते श्याम चौक र 11 गते बरगाछी चौकमा उक्त डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । डकुमेन्ट्रीमा 2045 सालमा गएको भूकम्पले धरानमा गरेको क्षति, सन् 2005 मा पाकिस्तानमा गएको भूकम्पले गरेको क्षति, भूकम्प प्रतिरोधी भवन र सामान्य भवनको भूकम्पीय धक्काको सहन गर्न सक्ने क्षमताको जाँच गरिएको नमुनाको  प्रदर्शनीका साथै पर्यटन वर्ष 2011 का लागि नेपाल पर्यटन बोर्डबाट तयार गरिएको प्रवर्द्धनात्मक डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।

No comments:

Post a Comment