Monday, July 16, 2012

भूकम्पीय जोखिम लेखाजोखा तथा प्रवलीकरण तालिम सम्पन्न


नगरपालिका कर्मचारी तथा सरोकारवाला संस्थाहरूको क्षमता विकासको लागि भूकम्पीय जोखिम लेखाजोखा तथा प्रवलीकरण सम्बन्धी तिन दिने तालिम भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET-Nepal)को प्राविधिक सहयोगमा मिति २०६९।०३।२० गते देखि २२ गते सम्म सम्पन्न गरियो ।

कार्यक्रममा नगरपालिकाको योजना शाखाका प्राविधिक कर्मचारीहरू, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट प्रतिनिधि इन्जिनियर सहभागी तथा स्थानीय परामर्शदाता संस्थाहरू समेत वाट गरी जम्मा २२ जना सहभागीहरूको सहभागीता रहेको थियो । उक्त तालिमको लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालबाट प्रशिक्षक इन्जिनियर हिमा श्रेष्ठ¸ इन्जिनियर मिनेश ताम्राकार र इन्जिनियर रजनी प्रजापतीद्वारा सहजिकरण गरिएको थियो।

भूकम्पीय जोखिम लेखाजोखा तथा प्रवलीकरण सम्बन्धी तिन दिने तालिम कार्यक्रमले विषयगत रूपमा भूकम्पले क्षति गरेका भवनहरूलाई पुन भूकम्पीय जोखिम मुक्त बनाउने तथा पुराना वा बनिसकेको भवनहरूलाई भूकम्पीय जोखिम मुक्त बनाउने सम्बन्धमा केन्द्रित रहेको थियो ।

धरान नगरपालिकाले विगत २०६४ सालबाट नै नेपाल सरकारले लागु गरेको भवन संहिता २०६० लाई लागू गर्दै आइरहेको छ ।भवन संहिता कार्यान्वयन गर्ने क्रममा दक्ष जनशक्ति उत्पादनमा धरान नगरपालिकाको विशेष जोड दिँदै आइरहेको छ । भवन संहिताको एउटा सिंगो पाटोको रूपमा रहेको भूकम्पीय जोखिम लेखाजोखा तथा प्रवलीकरण तालिम कार्यक्रम पनि यसैको परिणाम हो जसलाई नगरपालिकाले क्षमता विकास योजना बनाई सरोकारवाला संस्थाहरूसँग समन्वय गरि संस्थागत विकास गर्दै आइरहेको छ ।जसको कारण अव बन्ने धरान नगर क्षेत्रको भवनहरू भूकम्पीय जोखिम मुक्त बन्ने साथै भूकम्पले सामान्य क्षति पुर्याएका भवनहरूलाई सुदृढीकरण विधि अपनाई सुरक्षित वनाईने तथा पुराना साबिक भवनहरूलाई पनि भूकम्पीय प्रविधि युक्त बनाउनको लागि दक्ष जनशक्ति तयार भएको समेत  विश्वास गरिएको छ ।

1 comment:

  1. इस तरह के प्रशिक्षण बहुत मददगार रहे हैं .. अच्छा काम करते रहो!
    Gabions

    ReplyDelete