Wednesday, May 8, 2013

आ.व. 2069/70 को तेश्रो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न


यही मिति 2070 वैशाख 25 गते बुधवारका दिन धरान नगरपालिकाको आ.व. 2069/70 को तेश्रो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भयो । धरान नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत भोजराज खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धरान नगरपालिकाका विभिन्न शाखाहरूको शाखागत रूपमा 2069 माघ देखि चैत्र महिना सम्म भएका प्रमुख कार्यहरू त्यसमा आएका चुनौतीहरू र समाधानका उपायहरूको बारेमा प्रस्तुतीकरण भएको थियो भने प्रत्येक शाखाको प्रस्तुतीकरण पश्चात् प्रस्तुतीकरणमा विषयमा सोधिएका जिज्ञासाहरुलाई शाखा प्रमुखबाट स्पष्ट पार्ने कार्य गरिएको थियो ।




कार्यक्रममा आएका प्रमुख सुझावहरू:
  • धरान नगरपालिकाले केन्द्र संग विभिन्न कार्यक्रम, आयोजना माग्न तथा अन्य विकास निर्माणका कार्यमा सहयोग लिनका लागि राजनीतिक दल तथा प्रबुद्ध वर्गको दबाब मूलक समितिको निर्माण गरिनु पर्ने ।
  • लक्षित वर्ग लगायतका कार्यक्रमहरू वास्तविक लक्षित वर्ग सम्म पुर्‍याउनको लागि नगरपालिकाले पहल गर्नु पर्ने ।
  • नगरपालिका दैनिक काम कार्यवाहीमा राजनीतिक दबाब रहन्छन भने त्यसलाई न्यूनिकरण गरी कर्मचारीहरुलाइ काम गर्ने वातावरण दिनु पर्ने ।
  • नगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनको लागि करको दायरा बढाउनको लागि पहल गर्नु पर्ने ।

1 comment:

  1. Mens Watches in Pakistan, Branded Watches in Pakistan, Karachi, Lahore, Quetta, Islamabad, Peshawar, Vintage Rare Casio Seiko Citizen Rado Swiss Watches, Vintage Digital Watches Vintage Watches Pakistan

    ReplyDelete