Sunday, July 7, 2013

नगर स्तरीय शान्ति समिति गठन

यही मिति 2070 असार 23 गते आइतवारका दिन नगर स्तरीय शान्ति समिति गठन गर्ने सम्बन्धमा सर्वदलीय सर्व पक्षीय छलफल कार्यक्रम सम्पन्न भयो । स्थानीय शान्ति समिति सुनसरीका कार्यक्रम संयोजक सपना परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धरान नगरपालिकाका कार्यकारी अधिकृत एवं प्रमुख भोजराज खतिवडा, धरान स्थिति राजनीतिक दलका प्रतिनिधिहरू,  नागरिक समाजका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

उक्त छलफल कार्यक्रमले तपसिलमा उल्लिखित नगर स्तरीय शान्ति समिति गठन गर्ने निर्णयको साथ साथै अन्य राजनीतिक दलहरूलाई आमन्त्रित सदस्यको रूपमा बैठकमा आमन्त्रण गर्ने साथ साथै यस समितिको संयोजक समेत आगामी बैठकले तोक्ने समेत निर्णय गरेको छ ।

तपसिल
(1)    एकीकृत नेकपा माओवादी प्रतिनिधि – १ जना
(2)    नेपाली काँग्रेश प्रतिनिधि – १ जना
(3)    नेकपा एमाले प्रतिनिधि – १ जना
(4)    संघीय लिम्बुवान राज्य परिषद् प्रतिनिधि – १ जना
(5)    राष्ट्रिय जनमुक्ति पार्टी प्रतिनिधि – १ जना
(6)    नागरिक समाज प्रतिनिधि – १ जना
(7)    पत्रकार / महिला – १ जना
(8)    प्यारालिगल अध्यक्ष – १ जना
(9)    जेसिज प्रतिनिध – १ जना

2 comments:

  1. I visited nepal and saw that its a very clean country. You guys are doing a great job and thats why nepal is getting much more tourists day by day. Hats off!

    ReplyDelete
  2. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete