Friday, August 16, 2013

आ.व. 2069/70 को यथार्थ आय व्यय सार्वजनिक र चौथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठी सम्पन्न



यही मिति 2070/04/31 गते बुधवार धरान नगरपालिकाको आ.व. 2069/70 को यथार्थ आय व्यय सार्वजनिक र आ.व. 2069/70 को चौथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठी सम्पन्न भयो ।

धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख दिलकुमार तामाङ, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, आदिवासी जनजाती महासंघ प्रतिनिधि लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरू, धरान नगरपालिकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरू लगायत स्थानीय मिडियाका प्रतिनिधिहरूको उपस्थिति रहको थियो ।

कार्यक्रममा प्रशासन शाखाबाट सम्पादित गतिविधिहरूको वार्षिक प्रतिवेदन; आर्थिक प्रशासन शाखाबाट धरान नगरपालिकाको आ.व. 2069/70 को यथार्थ आय व्यय सार्वजनिक; योजना तथा शहरी विकास शाखाबाट धरान नगर क्षेत्रमा गरेका भौतिक पूर्वाधार विकासको वार्षिक प्रगति;  सामाजिक विकास शाखाबाट धरानमा सञ्चालन गरिएका विभिन्न सामाजिक विकासका कार्यक्रमहरूको बारेमा वार्षिक सम्पन्न कार्यक्रमहरू;  राजश्व उपशाखाबाट गत आ.व.को कर संकलन वार्षिक अवस्थाका; एसियाली विकास बैकको सहयोगमा सञ्चालनमा रहेको IUDP कार्यक्रमबाट हाल सम्म भएका प्रगतिका साथ साथै सूचना शाखाका वार्षिक गतिविधि समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वार्षिक गतिविधि तथा प्रगतिका साथ साथै उल्लेख्य कार्यहरू तथा चुनौती र सुधार गर्नु पर्ने पक्षहरूको समेत प्रस्तुत गरिएको थियो ।

प्रस्तुतीकरण पश्चात् सहभागीहरूबाट राखिएका जिज्ञासाहरूको सम्बन्धित शाखा प्रमुखहरूबाट स्पष्ट पार्ने कार्य भएको थियो भने अन्त्यमा कार्यकारी अधिकृतबाट सम्पूर्ण सहभागीहरूलाई आफ्नो अमूल्य राय सुझाव दिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै धरानको विकास नगरवासी तथा अन्य सरोकारवाला निकायहरूको सहयोग र सहकार्य लिएर धरान नगरपालिका अगाडि बढने बताउनु भयो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete