Wednesday, March 26, 2014

बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम सम्पन्न




यही मिति 2070 चैत्र 11 र १२ गते धरान नगरपालिकामा बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका नगरपालिका व्यवस्था शाखा प्रमुख श्यामराज अधिकारी र नगरपालिका संघका निर्देशक कलानिधी देवकोटाबाट सहजीकरण गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरू, वालवालिका क्षेत्रमा संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रतिनिधिहरू, इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरू, पत्रकारहरु लगायत नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाका साथै अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालमैत्री निर्देशिकाको बारेमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो भने आगामी २ वर्ष भित्रमा निर्देशिका उल्लेख भए बमोजिम धरान नगरपालिकालाई पनि बालमैत्री नगरपालिका बनाउन सरोकारवाला सवैले लागि पर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

धरान नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट सहयोग भएको थियो ।


1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete