Friday, June 27, 2014

"वडा समितिको कार्यालयबाट उपलब्ध गराइने सेवाको प्रभावकारिता" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न


यही मिति २०७१ असार १२ गते बिहीवारका दिन धरान नगरपालिका कार्यालयको प्राङ्गणमा "वडा समितिको कार्यालयबाट उपलब्ध गराइने सेवाको प्रभावकारिता" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान नगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरान नगर समितिको व्यवस्थापनमा भएको थियो ।

महिला सञ्जालका अध्यक्ष मीना पुलामीको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख सिताराम कार्की प्रमुख अतिथि रहनु भएको थियो भने धरान स्थित राजनीतिक दलका प्रतिनिधिहरू एवम् धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा गंगा बरालले स्वागत गर्नु भएको थियो । सविता राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा धरान नगरपालिकाको २३ वडा समितिहरूका सेवा प्रवाहको बारेमा कार्यपत्र धरान नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा सीला बज्रचार्यले बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मञ्जु भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी नगरवासीहरूबाट सक्रिय रूपमा सहभागी भइ विभिन्न जिज्ञासा तथा सुझावहरू राख्‍नु भएको थियो । साथै उठाइएका सवालहरूमा सम्बन्धित पदाधिकारी तथा कर्मचारीहरूवाट प्रस्ट्याउने र उत्तर दिने कार्य भयो । जसमा प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडा, इन्जिनियर सुरज श्रेष्ठ साथै कर अधिकृत खगेन्द्र खतिवडाको प्रत्यक्ष संलग्नता रहेको थियो ।

कार्यक्रममा मन्तव्य दिने क्रममा राजनीतिक पार्टीका पदाधिकारिहरूबाट पनि जनताका साझा सवाल र समस्यालाई नियम संगत भेदभाव रहित तथा निष्पक्ष रही कर्मचारीहरूले नगरवासीहरूको कार्य सम्पादनमा लागी पर्न सुझाव र सल्लाह प्रदान भएको थियो  ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिताराम कार्कीबाट पनि कार्यक्रमको उपलब्धि तथा शुसासनको पक्षमा पुर्याउने विधि मध्ये सार्वजनिक सुनुवाइ पनि एक विधि भएकी उल्लेख गर्दै धरान नगरले गरेको विकास र राज्यमा कायम भएको प्रशंसालाई धरान नगरले सदैव कायम राख्न सकोस् र राख्ने छ भन्ने कुरामा विश्वस्त रहेको कुरा उल्लेख गर्दै धरान नगरपालिकामा रहेका संघ संस्था राजनीतिक पार्टीका प्रतिनिधि पत्रकार तथा नागरकहरूसँग एउटै मञ्चमा भेट हुन पाउँदा खुसीलागेको राय समेत प्रकट गर्नु भयो ।

धरान नगरपालिकाका कार्यकारी अधिकृत श्री भोजराज खतिवडाबाट उपस्थित सम्पूर्ण सहभागीहरूलाई नगरपालिका कार्यालयको तर्फबाट स्वागत गर्दै उठाइएका सवाल तथा जिज्ञासाहरूको पनि उत्तर तथा सहजीकरण गर्दै नगरवासीको चाहना र ईच्छा बमोजिम  नगरपालिका कार्यालय संचालन गर्ने र उक्त कार्यमा सवै नगरवासीहरुवाट सकारात्मक सहयोगको अपेक्षा रहेको मन्तव्य राख्दै चौमासिक रूपमा संचालन गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा उठाइएका सवाल तथा सुझावहरूलाई आगामी योजना तथा वार्षिक बजेटमा प्राथमिकता समेत दिने कुरा व्यक्त गर्नु भयो ।

२०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा ९० जना भन्दा बढी महिलाहरूको सहभागिता  रहनु र विषेश गरी जनजाति समुदायको उल्लेख्य उपस्थिति रहनु र कार्यक्रमलाई महिलाहरूको सक्रिय सहभागिता र सहजीकरण हुनु यस कार्यक्रमको सफलता मान्न सकिन्छ भने प्रत्यक्ष रूपमा नगरवासीहरूलाई परेका अप्ठेरा काम र गुनासोहरू सम्बन्धित पदाधिकारी समक्ष राखी सुसूचित हुने अधिकार यस कार्यक्रमले उपलब्ध गराएको हुँदा नगरपालिकाका लगि यो कार्यक्रम फलदायी भएको निचोड तथा निष्कर्ष रहेको छ ।साथै न्यूनतम सर्त कार्य सम्पादन तथा मूल्याङ्कनका लागि पनि यो कार्यक्रम अपरिहार्य भएको छ ।

यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कृति च्यानलवाट प्रशारण गरिएकोहुँदा अनुपस्थित नगरवासीहरुले घरमै बसेर समेत प्रत्यक्ष हेर्न अवसर मिलाएकोमा आयोजक तथा व्यवस्थापक पक्षले विगतको कार्यमा सुधार ल्याएको छ साथै धरान नगरवासीलाई प्रत्यक्ष सहभागी हुनका लागी विधुतिय माध्यमको प्रयोगका साथै स्थानीय मिडियामा सूचना प्रकाशन गरी नगरवासीहरूलाई सुसूचित गराइएको हुँदा कार्यक्रमलाई व्यवस्थित गराउन आवश्यक सकारात्मक पहल भएको पाइन्छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete