Thursday, February 5, 2015

आ.व. २०७२/७३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक



मिति २०७१  माघ २१ गते वुधबारका दिन आ.व.  २०७२/७३ को धरान उप-महानगरपालिकाको २२ औ नगर परिषद्‌बाट स्वीकृति नीति, कार्यक्रम तथा बजेट सुनसरी क्षेत्र नं. १ सभासद् माननीय कृष्णकुमार राईज्यूको प्रमुख आतिथ्यमा उप-महानगरपालिका भवनमा सम्पन्न भयो। 

===================================================================



धरान उप-महानगरपालिकाको
आ.व. २०७२/७३ को बजेट बक्तव्य

प्रमुख अतिथि श्रीमान् मा. सभासद् ज्यू
स्थानीय बिकास अधिकारी ज्यू,
राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीज्यूहरु,
इलाका प्रशासन कार्यालयका प्रमुखज्यू
क्याम्पस प्रमुखज्यूहरु,
यस नगरपालिकाका पूर्व प्रमुख, उपप्रमुख एवं पदाधिकारीज्यूहरु,
कार्यालय प्रमुखज्यूहरु,
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष ज्यू,
धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्यू ज्यूहरु
आदिवासी जनजाती महासंघका नगर अध्यक्षज्यूहरु
नेपाल पत्रकार महासंघ, सुनसरीका सभापतिज्यू,
नागरिक समाजका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु,
विभिन्न जातीय एवं पेशागत संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
आमन्त्रित संचारकर्मीज्यूहरु, बुद्धिजीवी एवं कर्मचारी मित्रहरु तथा उपस्थित अन्य सम्पूर्ण महानुभावहरु,
  1. सर्वप्रथमम म लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
  2. नेपाल सरकारको मिति 2071/08/16 को निर्णयले साविक धरान नगरमा धार्मिक परिचय बोकेको विष्णुपादुका गा.वि.स.लाई समेत समायोजन गरी उपमहानगरपालिका घोषणा गरेकोमा सम्पूर्ण धरान नगरवासीहरुलाई बधाइ दिन चाहन्छु ।
  3. नेपालको पूर्वी पहाडी क्षेत्रको मुख्य व्यापारीक नाकाको रुपमा परिचित धरान उपमहानगरको आफ्नै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परिचय छ ।यो सहर पूर्वमा मोरङको याङशिला गा.वि.स., पश्चिममा वराहक्षेत्र र धनकुटाको आहाले, उत्तरमा भेडेटार र दक्षिणमा इटहरी उपमहानगरको जडीवुट्टी उद्यान सम्म समेटेको आधारमा कुल 192 व. कि.मी. क्षेत्रफलमा फैलिएको छ । भौगोलिक वनावटको कारणले बसोबासका लागि उपयुक्त रहेको यो सहरमा आदिवासी जनजातिको बसोबासको वहुल्यता रहेपनि वहुजातीय बसोवासको सहरको परिचय यस नगरले बनाएको छ । यो सहर ब्रिटीस र भारतीय भूतपूर्व सैनिकहरुको बसोवासको वाहुल्यता रहेको सहर पनि हो ।
  4. समशीतोष्ण हावापानी रहेको यस नगरले पर्यावरणीय दृष्टिकोणले उपयुक्त र सरसफाइको दृष्टिकोणले स्वच्छ, सफा र फराकिलो सडकहरु निर्माण सहितको सहरी मापदण्डको पहिचान बनाएको छ । दक्षिण एशियामै चिकित्सा क्षेत्रमा आफनो छवि बनाएको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै नगरमा रहेको छ ।
  5. उपरोक्त धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक विशेषता बोकेको कारणले यी सबै बिषयवस्तुहरु समेतलाई समेट्दै शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारिक पूर्वाधारः बहुसाँस्कृतिक, आवासीय समृद्ध सहर को दीर्घकालीन सोचका साथ यस नगरपालिकाको 2071/09/25 मा सम्पन्न 22औं नगर परिषद र उपमहानगरपालिकाको हैसियतले पहिलो बैठकबाट पारित नीति, कार्यक्रम तथा अनुमानित आय ब्यय विवरण समावेस भएको संक्षिप्त बार्षिक नगर विकास योजना 2072/073 यहाँहरु समक्ष पेश गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्न चाहन्छु। अब म नगरपरिषदले पारित गरेको आर्थिक वर्ष 2072/073 को नीति तथा कार्यक्रम र बजेटको विषयमा संक्षिप्त झलक प्रस्तुत गर्ने अनुमति चाहन्छु।
  6. विषम राजनैतिक परिस्थितिको कारणले विगत 12 वर्षदेखि जनप्रतिनिधिविहीन भएको अवस्थामा स्थानीय स्वायत्त शासन ऐन तथा नियमावलीको व्यवस्था अनुरुप आगामी आ.व.2072/073 को लागि यस धरान नगरपालिकाको संक्षिप्त बजेट प्रतिवेदन प्रस्तुत गर्न गईरहेको छु। जनप्रतिनिधिले नेतृत्व गर्ने गरी ऐन नियममा व्यवस्था गरिएको स्थानीय निकायहरुमा कर्मचारीले ती सबै कामहरु गर्नुपर्दा धेरै नै असजिलो महशुस हुनु स्वाभाविक नै हो। स्थानीय स्वायत्त शासन ऐन, 2055, स्थानीय स्वायत्त शासन नियमावली 2056, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली 2064, स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधी 2069 तथा अन्य प्रचलित कानूनको अधिनमा रही नगरपालिकाको स्रोत र साधनको अत्युत्तम उपयोग गर्दै मुख्यतः वडा भेलाहरुबाट आएका सुझाव तथा मागहरु र नगरपालिकाको आवधिक योजनालाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिएको व्यहोरा समेत यहाँहरुसमक्ष निवेदन गर्न चाहन्छु ।
  7. योजना, कार्यक्रम तथा बजेट तयार गर्दा वडा भेलाबाट आएका मागहरुमा आधारित भई विभिन्न संघसंस्था, व्यक्तित्वहरु तथा पूर्व योजना तर्जुमा गोष्ठिमा प्राप्त सुझावहरु समावेश गरी राजनैतिक दलहरु तथा एकीकृत योजना तर्जुमा समितिको सुझाव तथा नगरको समसामयिक आवश्यकता समेतलाई समेटी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ।
  8. नगरवासीका माग तथा आकांक्षा उच्च रहँदा हाम्रो सीमित श्रोतबाट ती सबै माग र आवश्यकतालाई एकै आर्थिक वर्षमा पूरा गर्न सम्भव नहुने अवस्था रहन सक्छ। नगरपालिकाको सीमित आयश्रोतका कारण संचालित योजना पूरा गर्न एक आर्थिक वर्षन्दा बढी नै पनि समय लाग्ने अवस्था छ। थप नयाँ योजनाहरु शुरु गरी पुराना योजनालाई अलपत्र पार्न पनि उपयुक्त हुँदैन। त्यसैले पुराना योजना क्रमागतरुपमा पुरा गरेर मात्र नयाँ योजनालाई समावेश गरी संचालन गर्दै लानु पर्ने बाध्यात्मक अवस्था छ। नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा र्सार्वजनिक निजी साझेदारी (PPP), निजी क्षेत्रको सहभागिता, जनसहभागिताको बढीभन्दा बढी संलग्नता जस्ता पक्षलाई समावेश गर्ने प्रयास गरिएको छ। समानुपातिक दृष्टिकोणले पनि सबै वडामा केही न केही योजना रहनु पर्ने अवस्था छदैछ।त्यसमा पनि भर्खरैमात्र समायोजन भएका नयाँ वडाहरुमा सहरी पूर्वाधार एकदमै कममात्र भउकाले ति वडाहरुको विकासमा विशेष जोड गर्नुपर्ने अवस्था रहेको छ । ठूला र विकासका पूर्वाधारहरु कम भएका वडामा केही बढी योजना समावेश गर्नुपर्ने यथार्थ पनि छदैछ। तुलनात्मक रुपमा विकसित र कम विकसित सबै क्षेत्रमा योजना पुरयाउनु पर्ने र नगरवासीलाई सेवा सुविधा पुरयाउदै विकास निर्माणमा सहभागी बनाउनु पर्ने गहन चुनौती पनि सँगसँगै रहेको छ। धरानको मुख्य समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्नको लागि विगत वर्षमानै सम्झौता भई शुरु भएको एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजना चार वर्षभित्रै पूरा गर्नुपर्ने गहन दायित्व पनि हामी सामु छ।यो चुनौतीपूर्ण कार्यलाई अवसरमा परिणत गर्न सक्दा धरानको विकासको स्तर उच्च गतिमा अगाडि बढ्ने विश्वास गर्न सकिन्छ ।
  9. माथि उल्लिखित अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गर्ने क्रममा पूर्व योजना तर्जुमा गोष्ठीमा उपस्थित महानुभावहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, वडावासीहरु, एकीकृत योजना तर्जुमा समितिका पदाधिकारीहरु, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा नगरका प्रवुद्ध वर्ग समेतको सहभागिताबाट यो नीति तथा कार्यक्रम तयार भएको कुरा पनि निवेदन गर्न चाहन्छु ।
  10. आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गर्दा मुख्य गरी लिइएका आधारहरु निम्नअनुसार रहेको कुरा पनि अनुरोध गर्न चाहन्छु।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार गर्दा लिइएका आधारहरुः
  • गत विगत वर्ष स्वीकृत भई सम्पन्न हुन बाँकी योजनाहरु,
  • समायोजित गा.वि.स.का वडाहरुको अवस्था,
  • साविक गा.वि.स.ले प्राप्त गरिरहेको बजेटको सीमा,
  • बढीभन्दा बढी स्थानीय वासिन्दाको सहभागिता, स्थानीय श्रम, सीप र रोजगारी प्राप्त हुने योजनाहरु,
  • स्थानीय जनताको मागमा आधारित र स्थानीय श्रोत साधनले धान्न सक्ने दीगो प्रकृतिका योजनाहरु,
  • साझेदारीमा सम्पन्न गर्न सकिने आयमूलक एवं सीपमूलक आयोजनाहरु,
  • सहस्राब्दी विकास लक्ष्य अनुसार राष्ट्रिय सूचक कायम हुनसक्ने आयोजनाहरु,
  • महिला, वालवालिका, जेष्ठ नागरिक, भिन्न क्षमता भएका, दलीत, आदिवासी जनजाति एवं पिछडा वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने आयोजनाहरु,
  • वातावरण संरक्षण र सम्बर्द्धनमा सहयोगी हुने आयोजनाहरु,
  • लैंगिक समतामूलक विकासमा सहयोग पुग्ने आयोजनाहरु,
  • नगरको गौरवका महत्वपूर्ण आयोजनाहरु
  1. नीति, कार्यक्रम तथा बजेटका मुख्य विशेषताहरुः
  • धरान उपमहानगरपालिकाको दीर्घकालीन लक्ष्य (Vision) अनुसार क्षेत्रगत रुपमा नीतिहरु तय गरी बजेट कार्यान्वयन गर्दै लाने प्रयास गरिएको छ।
  • एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा संचालन हुने खानेपानी लगायतका योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको छ।
  • आन्तरिक श्रोत वृद्धी र परिचालनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अगाडि सारिएको छ । उपमहानगरपालिकाको श्रोत बृद्धी र परिचालनमा सुनसरी उद्योग वाणिज्य संघ र अन्य संस्थाहरुसँगको सहकार्यलाई प्रभावकारी बनाउने नीति लिइएको छ।
  • विकास कार्यमा सबै पक्षलाई सहभागी गराई समाजका सबै पक्षमा समान विकास गराउनका लागि राज्यले अबलम्बन गरेको समावेशी नीतिलाई आत्मसात गरिएको छ।
  • बजेटलाई यथार्थमा आधारित बनाउने प्रयास गरिएको छ।
  • पुराना सम्झौता भईसकेका योजनाहरुलाई पूरा गरेर मात्र नयाँ योजना सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
  • जनसहभागितामा आधारित योजना तथा कार्यक्रमहरु बनाउन प्रयास भएको छ।
  • सूचना, सञ्चार तथा पत्रकारिताको विकासको लागि पत्रकार महासंघसँगको सहकार्यलाई निरन्तरता दिइएको छ।
  • र्सार्वजनिक-निजी साझेदारीको अवधारणालाई अंगिकार गरिएको छ।
  • सरसफाइ, सडक बत्ती व्यवस्थापन, सडक मर्मत सम्भार जस्ता कुराहरु टोल संगठन तथा वातावरण समितिहरु एवं निजी क्षेत्रबाट संचालन गर्ने कुरामा जोड दिइएको छ।
  • नगर विकासका कृयाकलापलाई पारदर्शी र जन उत्तरदायी बनाउनको लागि र्सार्वजनिक परीक्षण, र्सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण जस्ता प्रकृयाहरुलाई उच्च प्राथमिकता साथ अबलम्बन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्तालाई बैंक खाता मार्फत उपलब्ध गराउने नीतिलाई प्रभावकारी बनाउने र भत्ता पाउने व्यक्तिहरुको अभिलेख अद्यावधिक गरी विभिन्न माध्यमबाट र्सार्वजनिक गर्ने कुरालाई जोड दिइएको छ ।
  • नगरको वातावरणलाई स्वच्छ बनाउने क्रममा प्लाष्टिकमुक्त नगर, खुला दिशामुक्त सहर, अनिवार्य एक घर एक रुखको कार्यक्रमलाई निरन्तर अनुगमन र कार्यान्वयन गरी प्रभावकारी बनाइने छ।
  • नगरको गौरवका आयोजनाहरु छुट्न नदिइने तथा त्यस्ता योजनाहरुलाई निरन्तरता दिइने प्रयास गरिएको छ।
  • नगरको फोहर व्यवस्थापन, यातायात व्यवस्थापन एवं बजार व्यवस्थापनमा बढी चासो राखिएको छ।
  • Waste to Energy को अवधारणालाई व्यवहारमा ल्याउने कार्यनीति अवलम्बन गरिने छ ।
  • नगरपालिकाको स्वामित्वमा रहेको उद्यान तथा सभागृहलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अन्तर्गत संचालन गरिने छ ।
  1. बजेटका अवसरहरु
  • विकास कार्यमा सहभागिताको सँस्कृति ।
  • आन्तरिक आय विस्तारको संभावना ।
  • श्रोत परिचालनको संभावना ।
  • विकास कार्यमा बढ्दो जनचासो ।
  • प्राकृतिक श्रोतको उपलब्धता ।

  1. बजेटका चुनौतीहरु:
  • बढ्दो क्रमागत तथा अधुरो योजनाहरु ।
  • जनप्रतिनिधी विहिनता ।
  • विस्तारित भूगोल ।
  • बढ्दो चालु खर्च ।
  • नदि कटान ( सेउती, सर्दु, सेहेरा)
  • बढ्दो जनअपेक्षा, सिमित श्रोत साधन ।
  • केन्द्रीय अनुदानको अविच्छिन्नताको सवाल ।
  • घट्दो जनविश्वास ।
  • उपमहानगरपालिकाको गरिमा राख्नु पर्ने सवाल ।
  • जनसहभागिता परिचालन गर्ने सवाल ।
  • बढ्दो घाटा बजेट ।

उपस्थित महानुभावहरु अव म अनुमानित आय व्ययको विवरण पेश गर्न चाहान्छु ।

  1. बजेटको सारांशः
  • कूल बजेट रकम रु. 1,04,31,82,600/-
  • कूल आय रकम रु. 1,01,93,61,000/- ( IUDP को 61 करोड समेत)
  • न्यून आय रकम रु. 2,38,21,600/-
  • चालु खर्च रकम रु. 6,41,09,500/-
  • पूँजीगत खर्च रकम रु. 97,90,73,100/-

आ.व.2072/073को स्वीकृत अनुमानित आयको सारांश
क्र.सं. आय शीर्षक अनुमान जम्मा अनुमानको % आन्तरिक/ बाह्य आयको %
1 विभिन्न करहरु 4,25,00,000/- 4.07 37.99
2 शुल्क तथा दस्तुर 5,08,75,000/- 4.88 45.47
3 सम्पति बहाल 35,00,000/- 0.34 3.13
4 अन्य 35,00,000/- 0.34 3.13
5 जि.वि.स. तथा श्रोत बाँडफाँडबाट 1,15,00,000/- 1.10 10.28
आन्तरिक आय जम्माः 11,18,75,000/- 10.72 100
7 जनसहभागिता 3,00,00,000/- 2.86 10.08
8 अनुदान तथा सहयोग 26,74,86,000/- 25.64 89.92
बाहृय आय जम्मा 29,74,86,000/- 28.52 100
जम्मा आय: 40,93,61,000/- 39.24
न्यून बजेट 2,38,21,600/- 2.28
उपमहानगरपालिका तर्फको जम्मा बजेट: 433182600/- 41.53
एकीकृत सहरी विकास आयोजना तर्फ 61,00,00,000/- 58.47
कुल आय अनुमान: 1,04,31,82,600/- 100

आ.व.2072/073 को स्वीकृत अनुमानित व्ययको सारांश
क्र.सं. खर्च विवरण अनुमान अनुमानमा %
चालु खर्च
प्रशासनिक खर्च 5,71,72,000/- 5.48
सामाजिक परिचालन र क्षमता विकास समेत 69,37,500/- 0.67
चालु खर्चको जम्मा 6,41,09,500/- 6.15
पूँजीगत खर्च
1 लक्षित वर्गको कार्यक्रम
ô बालबालिका लक्षित कार्यक्रम 49,57,000/- 0.48
ô महिला लक्षित कार्यक्रम 33,05,000/- 0.32
ô अन्य लक्षित वर्गको कार्यक्रम 49,57,000/- 0.48
2 प्रबर्द्धनात्मक क्षेत्र 1,52,08,000/- 1.46
3 वारुणयन्त्र,सरसफाइ तथा सडकवत्ती व्यवस्थापन 2,87,19,000/- 2.75
4 भौतिक निर्माण तथा योजना 14,17,75,600/- 13.59
5 आयोजना व्यवस्थापन सेवा 19,51,500/- 0.19
6 सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरु 3,82,00,000/- 3.66
7 एकीकृत सहरी बिकास आयोजनामा न.पा.को म्याचिङ 13,00,00,000/- 12.46
पूँजीगत खर्चको जम्मा 36,90,73,100/- 35.38
न.पा. तर्फको जम्माः 43,31,82,600/- 41.53
एकीकृत सहरी विकास आयोजना तर्फको 61,00,00,000/- 58.47
कुल जम्मा बजेट 1,04,31,82,600/- 100

अन्तमा,
आगामी आ.व. 2072/073को नीति, कार्यक्रम र बजेट तर्जुमा कार्यमा संलग्न बजेट तर्जुमा समिति, राजनैतिक दलहरु, एकीकृत योजना तर्जुमा समिति, पूर्व योजना तर्जुमा गोष्ठीमा सहभागी भई अमूल्य सुझाव दिनुहुने महानुभावहरु लगायत सम्पूर्ण कर्मचारीहरुमा धन्यवाद दिन चाहन्छु। त्यसैगरी यस नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा सहभागी भइदिनु भएकोमा प्रमुख अतिथि श्रीमान मा. सभासद् ज्यू लगायत उपस्थित सम्पूर्ण आमन्त्रित महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै पर्यटकीय नगरी धरानको विकासको लागि शुरु भएको खानेपानी परियोजना सफल बनाउन सबै पक्षको सहयोग साथै यस बजेटको सफल र प्रभावकारी कार्यान्वयनमा समेत सबै राजनैतिक दल, सबै सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा सम्पूर्ण नगरवासीहरुको सकारात्मक सहयोगको बढी नै अपेक्षा गरेको छु।
धन्यवाद !

19 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  2. Thank you for this fascinating post, I am happy I observed this website on Google. Not just content, in fact, the whole site is fantastic. judi bola

    ReplyDelete
  3. That is really nice to hear. thank you for the update and good luck. click here to learn digital marketing

    ReplyDelete
  4. I found out a long term in the past with a purpose to in case you need with the intention to develop in anything, every person should positioned your modern-day ego apart further to take a look at from lots higher further to smarter minds than through yourself. Pet grooming

    ReplyDelete
  5. There are cryptocurrency exchanges, so don’t count on you can’t find out a place to convert your cryptocurrency into cash. Some exchanges even offer monetary financial savings money owed that can be associated right away with a monetary group account. crypto analytics inc reviews

    ReplyDelete
  6. Vavada онлайн казино - официальный сайт, рабочее зеркало и вход. 4400 слотов, фриспины, бездепозитные бонусы и промокоды — все это на Вавада казино. Регистрируйтесь сегодня и получайте 100% на бонусный счет с первого депозита. Попробуйте все самые современные развлечения на сайте Вавада. играть вавада на деньги

    ReplyDelete
  7. Thanks for providing recent updates regarding the concern, I look forward to read more. printed circuits assembly

    ReplyDelete
  8. Fantastic blog! Do you have any tips and hints for aspiring writers? I’m planning to start my own website soon but I’m a little lost on everything. Would you propose starting with a free platform like WordPress or go for a paid option? There are so many options out there that I’m completely overwhelmed .. Any suggestions? Many thanks! motorrad führerschein kaufen

    ReplyDelete
  9. Thanks for sharing nice information with us. i like your post and all you share with us is uptodate and quite informative, i would like to bookmark the page so i can come here again to read you, as you have done a wonderful job. is merwave wavy hair kit a scam

    ReplyDelete
  10. You can get a extraordinary deal on K2 spice incense via searching for online. With more than one sellers at your fingertips, you could check prices everyday with gram and hold cash on shipping. You moreover can buy K2 incense at wholesale prices, that is a good buy masses an lousy lot tons much less high priced than seeking out it from conventional retail stores. what is k2 spice

    ReplyDelete
  11. Love to read it,Waiting For More new Update and I Already Read your Recent Post its Great Thanks. bengkel mobil home service di bogor

    ReplyDelete
  12. Yes i am totally agreed with this article and i just want say that this article is very nice and very informative article.I will make sure to be reading your blog more. You made a good point but I can't help but wonder, what about the other side? !!!!!!THANKS!!!!!! fentanyl patch buy

    ReplyDelete
  13. Tank Lite is best power bank for camping recently introduced by Veger. It has a massive capacity of 50000mah that can charge up to 4 devices at fast charging rate. best power bank for camping

    ReplyDelete
  14. I have seen some great stuff here. Worth bookmarking for revisiting. I surprise how much effort you put to create such a great informative website. Your work is truly appreciated around the clock and the globe. สล็อต pgเว็บตรง

    ReplyDelete
  15. The panel can be illuminated with the resource of the usage of fluorescent moderate bulbs or LED lights strips. The overall performance of moderate boxes advanced dramatically after the introduction of LED technology. how much do lightbox signs cost?

    ReplyDelete
  16. Has been serving people for over five years. Our merchandise are American, and are non GMO! For our binders and fillers excessive high-satisfactory substances to provide an excipient that exceeds the enterprise standard. Tablet binder

    ReplyDelete
  17. The First review is FREE of Charge as a sample. To avail of a FREE review, you have to provide a GMB (Google My Business) link & (1) comment within 1 Hour of the order & order via our website. If you did not send the required info within 1 hour via mail/ WhatsApp, consider the order to be canceled. We will not post any generic review as a FREE review. The ETA (Completion time) is 5-7 Days due to heavy requests. For free reviews, we don’t accept any custom requests like Custom stars / Custom Names / Custom emails/custom locations / Male / Female IDs, etc. for posting reviews. The review will be done by any random mail suited best for your business, by either English IDs / Indian IDs depending on the location of the business. Buy Google Reviews

    ReplyDelete
  18. These clinical gadgets are used all through gastrointestinal surgical procedures to create connections among structures. ShouldI call Ethicon Lawyer about a surgical staples’ lawsuit?

    ReplyDelete
  19. this article is very inspiring and helped open my horizons, thank you Bokep

    ReplyDelete