Wednesday, March 23, 2011

धरान नगर क्षेत्रको बस पार्क तथा रिङ्ग रोड सम्भाव्यता अध्ययन प्रस्ताव आह्वान

धरान नगरपालिकाको अद्यावधिक गरिएको क्षमता विकास योजना (Capacity Development Plan) अनुसार धरान नगर क्षेत्रको बस पार्क तथा रिङ्ग रोड सम्भाव्यता अध्ययन गराउनु पर्ने भएको हुँदा उक्त कार्यको लागि इच्छुक व्यक्ति/फर्म/कम्पनी/‍संस्थालाई आह्वान गरिएको छ ।

  • प्राप्त गर्ने रकम: अधिकतम रु 100,000.00 (एकलाख) मात्र । लाग्ने सम्पूर्ण कर सहित ।
  • अध्ययन अवधि: प्रस्ताव स्वीकृत भएको मितिले 1 महिना भित्र ।
  • प्रस्ताव पेश गर्ने अन्तिम मिति: 2067 चैत्र 23 गते बुधवार
  • विषयगत दक्षता, अनुभव र आर्थिक प्रस्तावलाई ग्राह्यता दिइनेछ ।
  • अन्य कुराको हकमा प्रचलित नियमानुसार हुनेछ ।

इच्छुक व्यक्ति/फर्म/कम्पनी/संस्था ले पेश गर्नु पर्ने कागजातहरू

फर्म/कम्पनी/संस्थाको हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपि । व्यक्तिको हकमा प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि ।अध्ययनमा संलग्न हुने व्यक्तिहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको विवरण तथा कागजातहरूको प्रतिलिपि ।

अधिक जानकारीका लागि योजना तथा शहरी विकास शाखामा इन्जिनियर (फोन 025-520407/520636/520813 Ext. 205)

1 comment:

  1. If the feasibility study is entirely limited to one State, that State should consider convening an advisory committee to provide review, council and, if appropriate, to assist (including the provision of data) the State in management of the study. In some such cases, both highway and non-highway alternatives exist, coordination with a number of State agencies is required, or a substantial commitment of funds is involved. For these situations, the State may, in addition to an advisory committee, convene a steering committee to provide technical direction, accept the results of individual tasks within the course of the Study, etc.thanks!
    Cheers-
    整体

    ReplyDelete