Thursday, May 12, 2011

सामाजिक परिचालन कार्यान्वयनका लागि प्राविधिक प्रस्ताव आह्वानको सूचना

धरान नगरपालिका कार्यालय, सुनसरी
प्राविधिक प्रस्ताव आह्वानको सूचना
(प्रथम पटक प्रकाशित 2068 बैशाख 29)

  1. स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) देशव्यापीरुपमा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य समावेशी, जिम्मेवार र उत्तरदायी स्थानीय सरकार तथा सहभागिता मूलक सामुदायिक नेतृत्वमुखी विकास मार्फत गरिबी घटाउन योगदान गर्नु रहेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा देहायमा लेखिए बमोजिमका विकास साझेदारहरू रहेका छन् । ती हुन् एसियाली विकास बैक, डानिडा, नर्वे सरकार, संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायहरू (संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, संयुक्त राष्ट्र संघ पूँजी विकास कोष, संयुक्त राष्ट्र संघ बाल कोष, संयुक्त राष्ट्र संघ जनसंख्या कोष र संयुक्त राष्ट्र संघ स्वयंसेवक), अन्तरराष्ट्रिय विकास विभाग(बेलायत), क्यानाडियन अन्तरराष्ट्रिय विकास संस्था, स्वीस विकास तथा सहयोग र जर्मन सहयोग ।
  2. धरान नगरपालिकाद्वारा स्थानीय सेवा प्रदायकहरूको निम्ति सामाजिक परिचालन कार्यान्वयनका लागि काम गर्न इच्छुक सेवा प्रदायक संस्था वा फर्महरूबाट शील बन्दी प्राविधिक प्रस्ताव आह्वान गरिन्छ ।
  3. प्रस्ताव प्रथम पटक प्रकाशित भएको मितिले 30 (तीस) दिन भित्र इच्छुक योग्य बोलपत्र दाताहरूले नवीकरण भएको फर्म दर्ता प्रमाणपत्र, आयकरको स्थायी लेखा नम्बर (PAN) र मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न राखी लिखित नवेदन दिई कार्यालय समयभित्र यस कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
  4. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 31 औ दिनको 12:00 बजे भित्र वा सो भन्दा अगाडि नै प्राविधिक प्रस्ताव यस कार्यालयमा दर्ता गराई सक्नु पर्नेछ । दर्ता भएका प्राविधिक प्रस्तावहरू दिनको 14:00 बजे बोलपत्र दाताहरू वा प्रतिनिधिहरूको रोहबरमा यस कार्यालयमा खोलिने छ ।
  5. प्रस्तावित परामर्श सेवा सम्बन्धी सम्पूर्ण विवरण गर्नुपर्ने कार्य निर्देशन (Terms of Reference) मा उपलब्ध गराइनेछ ।
  6. परामर्शदाताको छनौट निश्चित बजेट प्रणाली अन्तर्गत गरिनेछ । सेवाका लागि चाहिने आवश्यक रकम गर्नुपर्ने कामको कार्य निर्देशनमा संलग्न गरिएको छ ।
  7. इच्छुक योग्य बोलपत्र दाताहरूले यस सम्बन्धी थप जानकारी लीन चाहेको खण्डमा यस कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

परामर्शदाता । सेवा प्रदायक फर्मलाई जानकारी
  • प्रस्ताव पेश गर्नुपर्ने स्थान : धरान नगरपालिका कार्यालय
  • प्रस्ताव पेश गर्नुपर्ने व्यक्ति : कार्यकारी अधिकृत, धरान नगरपालिका कार्यालय
  • प्रस्ताव बुझाउने अन्तिम मितिः आमन्त्रण पत्रमा उल्लेख भए बमोजिम । (प्रथम पटक प्रकाशित भएको मितिले 31 औं दिन)
  • बोलपत्र खरिद गर्ने अथवा दर्ता गर्ने अन्तिम दिन बिदा परेमा सो को भोलि पल्ट वा बिदा पछि कार्यालय खुलेको दिन हुनेछ ।
  • प्राविधिक प्रस्तावको एक प्रति सक्कल र एक प्रति नक्कल बुझाउनु पर्नेछ ।
  • पूर्व प्रस्ताव बैठक (Pre-biding meeting) : नहुने
  • प्रस्ताव बुझाउने अन्तिम मिति पछि प्रस्तावको मान्य हुने अवधि 90 (नब्बे) दिन रहनेछ ।
  • फर्म वा संयुक्त साझेदारको मुख्य व्यक्तिले प्रस्ताव खरिद गर्नु पर्नेछ । फर्महरूको कुल संख्यालाई दुई संयुक्त साझेदारको रूपमा मान्यता प्रदान गरिनेछ ।
  • अनुमानित आवश्यक महिनावारी दक्ष कर्मचारीहरूको संख्याः कार्यादेश बमोजिम हुने ।
  • फर्मले निम्न बमोजिमको एउटा व्यवसायीक दक्ष टोलीको प्रस्ताव गर्नु पर्नेछ : कार्यादेश बमोजिम हुने ।
  • प्रत्येक प्राविधिक प्रस्तावको मूल्याङ्कनमा अंक प्रदान गरिने अनुसूची 3 मा दिइएको छ ।
  • काम सुरु गर्ने अनुमानित मिति : 2068 असार पहिलो हप्ता ।
  • प्रस्ताव (बोलपत्र) सम्बन्धी थप जानकारीका चाहिएमा नगरपालिकाको सामाजिक विकास शाखा (फोन 025-520636 मा Extension Number 222) बाट प्राप्त गर्न सकिनेछ ।

1 comment:

  1. Hello, nice to see your eGovernment services.e-government is central to the work and purpose of the public sector and the public policy process as it impacts the larger concerns of public sector reform, democratic renewal and the changing role of government in the knowledge economy.Thank you!
    Cheers-
    ニキビ

    ReplyDelete