Thursday, May 5, 2011

उपभोक्ता समितिहरूका लागि LGCDP कार्यविधि अभिमुखीकरण सम्पन्न


योजनाहरू सञ्चालनका लागि गठन भएका उपभोक्ता समितिहरूका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) को बारेमा 1 दिने अभिमुखीकरण कार्यक्रम यही मिति 2068 वैशाख 21 गते बुधवारका दिन धरान नगरपालिका कार्यालयमा सम्पन्न भयो ।

LGCDP सञ्चालन कार्यविधि अनुसार उपभोक्ता समितिको विशेष व्यवस्था गरे अनुरूप निर्माण उपभोक्ता समितिलाई LGCDP सञ्चालन कार्यक्रमको कार्यविधि सम्बन्धी जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । साथै कार्यक्रममा निर्माण उपभोक्ता समितिहरूलाई योजना छनौट प्रकृया, उपभोक्ता समिति निर्माण प्रकृया, योजना खाता सञ्चालन, पेस्की फर्छ्योट, सार्वजनिक परीक्षण, योजना हस्तान्तरण तथा योजनाको मर्मत सम्भारको विषयहरूमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा बीस वटा उपभोक्ता समितिका मुख्य पदाधिकारी अध्यक्ष, सचिव र कोषाध्यक्षहरू सहभागी हुनुभएको थियो भने कार्यक्रममा नगरपालिकाका श्रोत व्यक्तिको रूपमा कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेल, प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, इन्जिनियर राजु पोखरेल, लेखा अधिकृत भेषराज अधिकारी, नासु किरण भूजेल, कानुन सहायक रामकुमार राई तथा LGCDP सहजकर्ता पूर्णकला राईले गर्नु भएको थियो ।

No comments:

Post a Comment