Wednesday, April 27, 2011

नगरपालिका सञ्चालन दलीय संयन्त्रको लागि 1 दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


नगरपालिका सञ्चालन दलीय संयन्त्रको लागि "नगरपालिकाको योजना तर्जुमा, नेतृत्व विकास र तथा क्षमता विकास" विषयक 1 दिने अभिमुखीकरण कार्यक्रम यही मिति 2068 वैशाख 8 गते सम्पन्न भयो ।

यस अभिमुखीकरण कार्यक्रमको उद्देश्य नगरपालिका सञ्चालन दलीय संयन्त्र पदाधिकारिहरूको क्षमता विकासमा सहयोग पुर्‍यउनु रहेको थियो । कार्यक्रममा दलीय संयन्त्रको दायित्व, नेतृत्व वर्गले नगरपालिकाको विकास निर्माणको पाटोमा खेल्नु पर्ने नेतृत्वदायी भूमिका तथा सफल नेतृत्वमा हुनुपर्ने गुणहरूको विषयमा तथा बजेट तर्जुमा गर्ने वेलामा कसरी योजनाहरू स्तरीकरण गर्ने तथा प्राथमिकिकरण गर्दा के मा ध्यान दिने, नगरपालिकाको आफ्नो श्रोत र बाह्य अनुदान रकमलाई कसरी नगरपालिकाको आवश्यकता सँग समन्वय तथा सहकार्य गर्ने भन्ने जस्ता विषयहरूमा जानकारी गराइएको थियो ।

नगरपालिका थप अनुदान, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) को क्षमता विकास कार्यक्रम (CD) अन्तर्गत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नगरपालिका सञ्चालन दलीय संयन्त्रमा पदाधिकारीहरू तथा धरान नगरपालिका कार्यालयका विभिन्न शाखा उपशाखाका कर्मचारीहरू गरी जम्मा 30 जना सहभागीहरूको उपस्थिति रहेको थियो भने विकोडेक नेपालका संयोजक प्रकाश पोखरेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

No comments:

Post a Comment