Sunday, February 12, 2012

धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न



यही मिति २०६८ माघ ९ गते सोमवारका दिन धरान नगरपालिकाको प्राङ्गणमा दिनको १ बजे देखि "धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत श्री राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, इलाका प्रशासन कार्यालयका प्रमुख, भू.पू. मेयर तथा उपमेयर, उद्योग बाणिज्य संघका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज लगायत नगरवासीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण भवानी बराल र महेश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको प्रतिवेदन तयारी तथा प्रस्तुती कार्यक्रममा मोडुरेटर गोपाल देवानले गर्नु भएको थियो । मोडुरेटरले आफ्नो प्रस्तुतीमा धरान नगरपालिकाको समावेशी तथा लक्षित वर्गको कार्यक्रम विषयमा नगरपालिकाको नीति, कार्यक्रम तथा हालको अवस्थाको बारेमा विस्तृत प्रस्तुती गर्नु भएको थियो । उक्त प्रस्तुति पश्चात् सहभागीहरूबाट उठेका विभिन्न जिज्ञासा तथा सुझावलाई टिपोट गरी लिपिबद्ध गरिनुका साथै कार्यकारी अधिकृत लगायत सम्बन्धित शाखा प्रमुखबाट स्पष्ट पारिएको थियो ।

यस सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राप्त भएका सुझाव अनुरोध तथा आग्रहहरूको आगामी नगर परिषद् तथा नगरपालिका बोर्डहरू मार्फत सम्बोधन तथा सुधार गर्दै लैजाने समेत निर्णय गर्दै उक्त कार्यक्रम बेलुका ६ बजे सम्पन्न भएको थियो ।

No comments:

Post a Comment