Monday, January 21, 2013

आर्थिक वर्ष 2070/71 को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक



यही मिति 2069 माघ 8 गते सोमबारका दिन धरान नगरपालिकाका कार्यकारी अधिकृत एवम् प्रमुख भोजराज खतिवडाले एक कार्यक्रम बीच आर्थिक वर्ष 2070/71 को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नु भयो । आर्थिक वर्ष 2070/71 को लागि अनुमानित 23 करोड 25 लाख 53 हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

धरान नगरपालिकाका 19 वटै वडाहरूमा वडा भेला गरी तथा वडा नागरिक मञ्च गठन भएका वडाहरूमा वडा नागरिक मञ्चबाट वडा स्तरीय योजना तथा कार्यक्रमहरूको माग गरिएको थियो भने उक्त वडाबाट आएका योजना तथा कार्यक्रमहरूलाई एकीकृत योजना तर्जुमा समितिमा वृहत् छलफल गरी सिफारिस गरिएका कार्यक्रम तथा योजनाहरूलाई समेटी मिति 2069 पुष 29 गते आइतवारका दिन सम्पन्न धरान नगरपालिकाको 18 औ नगर परिषद् बैठकले एसियाली विकास बैकबाट प्राप्त हुने रु 5 करोड र घाटा बजेट लगभग रु 3 करोड समेत गरी जम्मा रु 23 करोडको बजेट विनियोजन गरिएको थियो ।

No comments:

Post a Comment