Tuesday, January 8, 2013

कोरियाको योङ्गईन र धरान नगरपालिका बीच सिस्टर-सिटीको सम्बन्धमा छलफल



कोरियाको ग्यङ्गगिदो राज्यको योङ्गईन नगरपालिका र धरान नगरपालिका बीच आज सिस्टर-सिटीको सम्बन्धमा छलफल भएको छ । योङ्गईन नगरपालिका भवनको सभाकक्षमा धरान नगरपालिकाका प्रतिनिधि भवानी बराल र योङ्गईन नगरपालिकाको डाईरेक्टर डा.छाङ्ग हुन ली भेटघाट गरि सो विषयमा छलफल भएको थियो ।

धरान नगरपालिकाका प्रतिनिधि भवानी बरालले धरान नेपाल अधिराज्य भरीमानै विकसित नगरपालिका मध्ये एक हो सो क्षेत्र प्रकृतिले भरिपूर्ण छ र जरीबुटी अत्याधिक मात्रामा उत्पादित हुने गर्दछ भन्दै योङ्गईन नगरपालिका र धरान नगरपालिका बीच सिस्टर-सिटीको सम्झौता भएमा नगरपालिका मात्र नभएर दुई देश बीचको आर्थिक,सामाजिक तथा सांस्कृतिक सम्बन्धमा पनि विकास हुने बताएका थिए ।

भेटघाटको क्रममा धरान नगरपालिकाका प्रतिनिधि बरालले धरान नगरपालिकाको परिचय पुस्तिका र पर्यटन सम्बन्धी प्रचार प्रसारका सामग्री, धरानको सुवर्ण महोत्सवको जानकारी पुस्तिका आदी हस्तान्तरण गरेका थिए ।

योङ्गईन नगरपालिकाको डाईरेक्टर डा.छाङ्ग हुन ली ले दक्षिण एसियाका केही राष्ट्रका नगरपालिकाहरू सँग पनि सिस्टर-सिटीको सम्झौता भई सकेका जानकारी गराउँदै वर्तमान अवस्थामा कोरियाका अर्थतन्त्र त्यति सहज नभएता पनि कागजात हेरेर सकारात्मक निर्णय गर्ने बताए ।

No comments:

Post a Comment