Thursday, June 6, 2013

पोलिथिन झोला मुक्त नगर अभियान घोषणा सहित विश्व वातावरण दिवस 2070 सम्पन्न



यही मिति 2070 जेष्ठ 22 गते धरान नगरलाई आगामी भाद्र 13 गते सम्ममा पोलिथिन झोला मुक्त नगर बनाउने अभियानको शुरुवात सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा घोषणा सहित विश्व वातावरण दिवस 2070 भव्य रूपमा मनाइयो ।दिवसको दिन धरान नगरपालिकाबाट शुरु भएको सचेतना र्‌याली  धरान नगरपालिकाबाट छाता चौक - भानुचौक – पुरानोबजार हुँदै उद्योग वाणिज्य संघको सभाहलमा पुगेर घोषणा सभामा परिणत भएको थियो । उक्त र्‌यालीमा नगरपालिका कर्मचारी, नगरस्तरीय वातावरण सुधार समन्वय समिति महिला स्वयंसेवी संघ, विभिन्न समूहहरू, सुनसरी उद्योग वाणिज्य संघका, विद्यालयहरू, धरान वाइकिङ क्लव, राइडर्स एन एमटिबीका प्रतिनिधिहरू, पत्रकारहरू लगायत सहितको सहभागिता रहेको थियो ।

पोलिथिन झोला मुक्त नगर अभियानका लागि सर्व पक्षीय छलफल गरी सुनसरी उद्योग वाणिज्य संघको संयोजकत्वमा  समन्वय समितिको गठन गरि उक्त समितिले सरोकारवाला कार्यालय, संघसंस्था, व्यापारी, युवा समूहहरू तथा पत्रकारहरू चरणवद्ध रूपमा बसेको बैठक र छलफलहरूले सवैको सहयोगमा तोकिएको मिति भित्र उक्त अभियानलाई नागरिक अभियानको रूपमा अगाडि बढाइ सफल पार्ने प्रतिबद्धता गरिएको थियो ।

वातावरण दिवसकै उपलक्ष्यमा अन्तर (सामुदायिक) मा.वि. स्तरीय  "प्लास्टिकको झोला र यसबाट वातावरणमा परिरहेको असर विषयक" वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो भने विद्यालय स्तरीय "वातावरण संरक्षण विषयक चित्रकला प्रतियोगिता" समेत आयोजना गरिएको थियो ।

2 comments:

  1. This initiative was very much inspiring!

    ReplyDelete
  2. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete