Monday, August 26, 2013

सामाजिक परीक्षण कार्यको लागि सेवा प्रदायक छनौट सम्बन्धी प्रस्ताव आह्वानको सूचना

धरान नगरपालिका कार्यालयको

सामाजिक परीक्षण कार्यको लागि सेवा प्रदायक छनौट सम्बन्धी प्रस्ताव आह्वानको सूचना

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम २०१ (१) बमोजिम स्थानीय निकायहरूले एक आर्थिक वर्षमा भएका कामहरूको नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट जारी भएको स्थानीय निकाय सामाजिक परीक्षण कार्यविधि २०६७ बमोजिम सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान अनुसार यस नगरपालिका कार्यालयले आ.व. २०६९।०७० मा सम्पन्न गरेका सम्पूर्ण कामहरूको सामाजिक परीक्षण गर्नका लागि तपसिलका योग्यता भएका इच्छुक व्यक्तिहरूको समूह, फर्म, संस्था वा कम्पनीहरूबाट सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र धरान नगरपालिका कार्यालयमा रीत पूर्वकको प्रस्तावका लागि पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।

प्रस्तावकको योग्यता
•    नगरपालिकाको हकमा स्नातकोत्तर भई सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त भएको
•    सामाजिक परीक्षण सम्बन्धी अनुशिक्षण प्राप्त गरेको
•    स्थानीय निकायको कार्यक्रम वा आयोजनामा प्रत्यक्ष संलग्न नरहेको

पारिश्रमिक सम्बन्धमा
नगरपालिकाको हकमा बढीमा २० दिन बराबरको  कार्य दिन तय गरी स्थानीय निकाय आर्थिक प्रशासन नियमावली अनुसार वार्ताद्वारा पारिश्रमिक निर्धारण गरी उपलब्ध गराइनेछ ।

संलग्न गर्नुपर्ने कागजातहरू
•    नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि थान १
•    शैक्षिक योग्यताको  प्रमाणपत्रहरू एक एक थान
•    संस्था भए  (दर्ता प्रमाणपत्र)
•    सम्बन्धित विषयमा अनुभवको प्रमाणपत्र
•    प्यान नं. । भ्याट नं.
•    यस सम्बन्धमा थप कुरा बुझ्न धरान नगरपालिका कार्यालयको सामाजिक विकास शाखामा सम्पर्क गर्न सकिने छ ।


5 comments:

  1. We think Dharan government is really putting best efforts. Keep it up!
    ulatus

    ReplyDelete
  2. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete
  3. Nice post! Thanks for sharing this quality information with us. I really enjoyed reading. check this and visit this site to know more okbet Multi sports betting and casino app

    ReplyDelete