Monday, January 13, 2014

धरान नगरपालिकाको 20 औ नगर परिषद् सम्पन्न




यही मिति 2070/09/29 गते सोमवारका दिन धरान नगरपालिकाको 20 औ नगर परिषद् सम्पन्न भएको छ । धरान नगरपालिकाका कार्यकारी अधिकृत एवम् प्रमुख भोजराज खतिवडाको अध्यक्षता, माननीय सभासद् श्री कृष्णकुमार राई सुनसरी क्षेत्र नं. 1, माननीय सभासद् मीन विश्वकर्मा र माननीय सभासद् आर.के. खम्बुको विशेष आतिथ्य तथा धरानमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा उक्त नगर परिषद बैठक सम्पन्न भएको थियो । 


कार्यक्रममा माननीय सभासदहरूबाट धरानको विकासका लागि केन्द्रमा पहल गर्न लागिपर्ने प्रतिबद्धताका साथै धरान नगरपालिकालाई खानेपानी, पर्यटन विकास, खेलकुद, शिक्षा, दुर्व्यसन नियन्त्रण, बेरोजगारी, अव्यवस्थित बस्ती, वस पार्क आदि कार्यहरूको व्यवस्थापनमा आगामी नीति तथा कार्यक्रमले सम्बोधन गर्नु पर्ने सुझावहरू व्यक्त गरिएको थियो ।


वडा भेलाबाट संकलित योजना तथा कार्यक्रमहरूलाई नगर स्तरीय एकीकृत योजना तर्जुमा समितिको बैठकबाट पारित भई तयार भएको 32 करोड 24 लाख 62 हजार 500 रुपैयाको बजेट, नीति तथा कार्यक्रमलाई कार्यकारी अधिकृतबाट प्रस्तुत गरिएको थियो । प्रस्तुति पछि सहभागीहरूबाट उक्त नीति तथा कार्यक्रममा आवश्यक सुझावहरू पेश गरिएको थियो ।


उक्त धरान नगरपालिकाको आ.व. 2071/72 को नीति, कार्यक्रम तथा बजेट आगामी 2070 माघ 5 गते सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete