Wednesday, March 12, 2014

"नगरपालिकामा खानेपानी उपलब्ध गराउन खानेपानी आयोजनाबाट हालसम्म भएका प्रयास" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न




यही मिति 2070 फागुन 27 गते मंगलवारका दिन धरान नगरपालिका कार्यालयको प्राङ्गणमा "नगरपालिकामा खानेपानी उपलब्ध गराउन खानेपानी आयोजनाबाट हालसम्म भएका प्रयास" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान नगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरान नगर समितिको व्यवस्थापनमा भएको थियो ।

महिला सञ्जालका अध्यक्ष मीना पुलामीको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का सभासद् माननीय कृष्णकुमार राई र सभासद् माननीय रामकुमार राई प्रमुख अतिथि रहनु भएको थियो भने धरान स्थित राजनीतिक दलका प्रतिनिधिहरु एवम् धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा मोडरेटर सविता राईबाट बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गरिएको थियो भने मुख्य कार्यक्रमको सहजीकरण पत्रकार भवानी बरालले गर्नु भएको थियो ।

कार्यक्रमको पृष्ठभूमिको बारेमा कार्यकारी अधिकृतबाट र हाल सम्म भएका उपलब्धिका बारेमा IUDP आयोजना प्रमुख इन्जिनियर राजु पोखरेलबाट प्रस्तुति भएको थियो । कार्यक्रममा विभिन्न विषयमा सहभागीहरूबाट राखिएका प्रश्न तथा जिज्ञासाको समाधान तथा स्पष्ट पार्ने कार्य IUDP आयोजना प्रमुखबाट भएको थियो ।  साथै कार्यकारी अधिकृत भोजराज खतिवडाबाट IUDP आयोजना सफल पारी धरानवासीको खानेपानी समस्या समाधान गर्न तर्फ जोड दिनु भएको थियो भने अन्त्यमा कार्यक्रमका अध्यक्ष मीना पुलामीबाट मन्तव्य साथै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् द्वयबाट यस आयोजनालाई सफल बनाउन स्थानीय तह देखि केन्द्र सम्म सहयोगी भूमिका खेली रहने तथा यो आयोजना धरानको खानेपानी व्यवस्थापनका  लागि आवश्यक रहेको मन्तव्य व्यक्त गर्नु भएको थियो भने राजनीतिक पार्टीका तर्फबाट ने.क.पा. माओवादीका तर्फबाट चोत्लुङ एमालेका तर्फबाट तारा सुब्बा र नेपाली काँग्रेसका तर्फबाट किशोर राईबाट पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । 

  
निष्कर्ष
    • सहभागीहरूबाट धरान नगरवासीहरुले आयोजनाबाट पानी वितरण भए पछि शुल्क अत्याधिक बढ्न सक्ने भन्ने बुझाइ तथा चासो रहेको पाइयो । 
    • IUDP आयोजनाको कृयाकलाप तथा प्रगतिलाई अझ बढी प्रचार प्रसार तथा पारदर्शी बनाउन सहभागीहरूबाट सुझाव प्राप्त भयो । 
    • IUDP आयोजनाबाट संचालनहुने मुख्य योजना पानी वितरण सम्बन्धी काम सम्पन्न हुँदा लाग्ने खर्च र उत्पादन लागत विस्तृत परियोजना प्रतिवेदन व्रेकडाउन व्याख्या सहित नगरवासीलाई सुसूचित गराउनु पर्ने सुझाव प्राप्त भयो  ।
    • IUDP आयोजनाको लागत अत्याधिक भए वा धरान नगरलाई नै टाट पल्टाउने खाल्को भए आयोजना अगाडि बढाउन नहुने चासो तथा सुझाव प्राप्त भयो ।
    • खानेपानी धरानको मुख्य समस्या भएको र यसलाई पार्नु पर्दछ भन्ने धेरै भनाइ रहेको पाइयो ।

    1 comment:

    1. आवेदक ध्यान।

      2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

      * व्यक्तिगत ऋण।
      * व्यापार ऋण।
      * निवेश ऋण।
      * घर ऋण।
      * विद्यार्थी ऋण।

      यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
      आवेदन 2015 बाहिर छ।

      इमेल: adams.credi@gmail.com
      बताएँ: +187499384874

      ReplyDelete