Sunday, August 24, 2014

भूकम्प चेतना दिवस भव्यताका साथ सम्पन्न



नेपालमा वि.स. १९९० माघ २ गते तथा वि.स. २०४५ भदौ ५ मा गएको विनासकारी भूकम्पको क्षति पछि नेपाल सरकार भूकम्पिय जोखिम न्यूनीकरणको क्षेत्रमा संवेदनशील हुँदै आएको छ । जसको परिणाम स्वरूप सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणको लागि भवन आचार संहिता लागू गरेको छ । त्यसका साथै नेपाल सरकारले सर्वसाधारणको चेतनाको लागि राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते घोषणा गरेको छ । स्थानीय स्तरमा धरान नगरपालिकाले भदौ ५ गते भूकम्प चेतना दिवस मनाउँदै आइरहेको छ । धरानमा मात्र करोडौँको भौतिक क्षति तथा ११६ जना नगरवासीहरूको ज्यान उक्त भूकम्पमा गएको थियो । त्यही दुःखद दिनको सम्झनामा धरान नगरपालिकाले वार्षिक रूपमा भूकम्पिय जोखिम न्यूनीकरणको लागि जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अनुरूप यही मिति २०७१ भदौ ४, ५ र ६ गते भूकम्प सचेतना दिवस धरान नगरपालिका स्थानीय भवन निर्माण व्यवसायी संगठन, क्यूपेक नेपालको संयुक्त आयोजनामा  सफलता पूर्वक सम्पन्न गरिएको छ ।

मिति २०७१/०५/०४ गते धरान नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रमा धरान नगरपालिकामा सरोकारवाला संघसस्थाहरु, राजनैतीक दलका प्रतिनिधि, स्थानीय भवन निर्माण व्यवसायीक संघ, क्यूपेक नेपाल, तथा विद्यालय व्यवस्थापन समितिको सहभागितामा सामुदायिक तथा सरकारी विद्यालय भवनहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तथा भूकम्प जोखिम न्यूनीकरण सम्वन्धमा बृहद अन्तकृया कार्यक्रम सम्पन्न गरीयो । उक्त छलफलमा विद्यालय तथा सार्वजानीक भवनहरु वढि मात्रामा भूकम्पीय जोखिममा रहेको, अव वन्ने विद्यालय तथा सार्वजानीक भवनहरुमा भवन संहिता कार्यान्वयन गर्ने साथै विद्यालय तथा विद्यार्थिहरुमा  भूकम्प प्रतिकार्य अनुशिक्षण कार्यक्रम संचालन गर्नु पर्ने लक्ष्यका साथ आगामी दिनमा विद्यालयस्तरमा अनुशिक्षण कार्यक्रम संचालन गर्ने प्रतिवद्यता व्यक्त गरीएको थियो । उक्त काम यसै आर्थिक वर्षवाट थालनी गर्न धरान नगरपालिका र सम्वन्धित विद्यालयहरुले संयुक्त रुपमा काम गर्ने समेत सहमति भयो ।

त्यसै गरी मिति २०७१/०५/०५ गते धरान नगरपालिका तथा स्थानीय संघसस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा जनचेतनामूलक र्याली धरान नगरपालिकावाट शुरु भै चतरालाईन, मुनाल पथ, रमाईलो चौक, पुतली लाईन हुदै भानुचौक भूकम्प स्मारकमा पुगी समापन गरीयो। धरान नगरक्षेत्रमा २०४५/०५/०५ गते भूकम्पको कारण जीवन गुमाउनु भएको ११८ जना मृतकहरुको सम्झनामा मैनवत्ति प्रज्वलन गरी र्‍याली कार्यक्रमको समापन गरीयो ।
सोहि कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७१/०५/०६ गते धरान नगरपालिका तथा धरान रनको संयुक्त आयोजनामा दौड प्रतियोगीता सम्पन्न गरीएको थियो । करीव ४५० भन्दा वढि युवा तथा वालवालिकाको सहभागिता रहेको थियो । ५. ५ कि.मि. दौड प्रतियोगिता हरियाली पार्क वाट शुरु भै तिनकुने, वरगाछी ,भानुचौक, छाता हुँदै नगरपालिकामा गएर सम्पन्न गरिएको थियो ।  दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैलाई प्रथम दोस्रो तथा तेस्रो प्रतियोगीहरूलाई नगद रु १० हजार, ८ हजार तथा ५ हजार पुरस्कारको व्यवस्था तथा बालबालिकाको तर्फबाट  दुवै लाई रु १५०० नगद पुरस्कार समेत प्रदान गरिएको थियो । यसै कार्यक्रमको अवसरमा धरानमा कार्यरत ५ जना उत्कृष्ट काम गर्ने डकर्मीहरू तथा निर्माण व्यवसायीहरूलाई प्रमाणपत्र तथा सम्मान समेत गरिएको थियो । पुरस्कार वितरण तथा भूकम्प सचेतना दिवसको समापन कार्यक्रममा सुनसरी प्र.जि.अ. सुदर्शनप्रसाद दाहालको प्रमुख आतिथ्यतामा रहेको थियो भने ई.प्र.का.का प्रमुख तथा स्थानीय राजनैतिक दलको समेत उपस्थिति रहेको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete