Monday, September 8, 2014

हरीत शहर - धरानकालागि एकिकृत शहरी वातावरणीय ब्यबस्थापन योजना विषयक २ दिने अन्तरक्रिया सम्पन्न



धरान नगरपालिका र सिम-नेपालको संयुक्त आयोजनामा हरीत शहर - धरानकालागि एकिकृत शहरी वातावरणीय ब्यबस्थापन योजना विषयक (Integrated Urban Environment Management Plan for Green City - Dharan) २ दिने अन्तरक्रिया कार्यक्रम मिति २०७१/०५/२१ र २२ गते भेडेटारमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीको रूपमा धरान नगरपालिकाका प्रतिनिधि, सिम-नेपाल आयोजना प्रतिनिधि, सेड नेपाल धरान, पूर्वाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान क्याम्पस धरान, कृषि कार्यालय सुनसरी, धरान सरोकार समाज, उद्योग वाणिज्य संघ सुनसरी, वन उपभोक्ता समिति धरान, ईलाका वन कार्यालय, सामुदायिक विकास कोष पानमारा, क्षमता विकास मञ्च नेपाल, सर्दु जलाधार बचाऔं अभियान, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, कृषि तालिम केन्द्र तरहरा,  फेकोफोन,  धरानका स्थानीय राजनैतिक दलका प्रतिनिधि, सुनसरी पूर्व संविधान सभा सभासद ज्यू, जि.वि.स. सुनसरी पूर्व उप-सभापती ज्यू, जिल्ला वन कार्यालय, फ्लावर सिटि धरान प्रतिनिधि, पत्रकार महासंघ सुनसरी तथा धरान साईक्लिङ क्लब भिजन २०२० को समेत गरी जम्मा ४१ जना सहभागीहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमका सहजिकरणको लागि मुख्य स्रोत व्यक्तिको रुपमा ग्रिन कन्सल्ट -काठमाडौंवाट सहजकर्ताद्वय दिनेश प्रसाद भट्ट र रवि भट्टराई रहनु भएको  थियो भने सहायक सहजकर्ताको रूपमा सिम-नेपालका प्रतिनिधिहरू प्रज्वल रावत तथा सुशिल पौडेल रहनुभएको थियो ।

धरान नगरपालिकालाई हरीत नगर घोषणा गर्नको लागि न्यूनतम मापदण्डको निर्माण तथा रणनीति निर्माणको लागि श्रोत व्यक्तिहरूबाट सहजीकरण गरिएको थियो । धरानको विभिन्न वातावरणीय सवालहरु मध्ये १९ वटा प्रमुख वातावरणीय सवालहरूमा प्राथमिक तथा द्वितीय तथ्याङ्क, स्थलगत भ्रमण, व्याक्तिगत भेटघाट तथा लिटिरेचर रिभ्यु प्रयोग गरी आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

उक्त १९ वटा वातावरणीय सवालहरू मध्ये सहभागीहरूको व्यक्तिगत प्राथमिकिकरणको आधारमा हरेक सहभागीले १० वटा वातावरणीय मुख्य सवाललाई पहिचान गरिएको थियो । पहिचान गरिएका वातावरणीय सवालहरू : वायु प्रदूषण, पानी प्रदूषण, कमजोर फोहोरमैला व्यवस्थापन र सरसफाइ घर तथा अन्य निर्माण व्यवस्थापन, खुल्ला क्षेत्र व्यवस्थापन, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप न्यूनीकरण, गलत कृषि अभ्यास, अपूर्ण सहरी यातायात र सडक सुरक्षा र अव्यवस्थित बस्ती जस्ता वातावरणीय सवाललाई मूल सवालको रूपमा समस्याको कारण त्यसले पारेको वातावरणीय असर तथा त्यसको समाधानका उपायहरू समेतलाई  SWOT Analysis  को माध्यमबाट सूक्ष्म छलफल तथा मस्यौदा गर्ने काम समेत सहभागी सबैको सक्रिय सहभागितामा कार्यशाला गोष्ठीमा सम्पन्न गरिएको थियो ।

उक्त २ दिने कार्यक्रम अन्तर्गत धरान नगरपिलकालाई हरित नगर घोषणा गर्ने सवालको पहिलो खुड्कीलो मात्र भएको तथा आगामी दिनमा यस किसिमको अन्तरक्रिया तथा छलफल जारी रहने तथा उक्त रिसर्चको अन्तिम खाका तथा प्रतिवेदन समयसिमा भित्रनै धरान नगरपालिकालाई हस्तान्तरण गर्ने ग्रिन कन्सलटेन्टले समेत कार्यक्रममा नगरपालिका तथा सिम-नेपाल आयोजनाले प्रतिवद्दता व्यक्त गर्नु भएको थियो ।

धराननगरलाई हरीत नगर घोषणा गर्न सकेको खण्डमा धरान नगरवासी तथा नगरपालिका दुवैको लागि वातावरणीय तथा सामाजिक सवालमा सकारात्मक रहने साझा भावनाको विकास भै हरीत नगर निर्माणको लागि सरोकारवाला सवै संघ-संस्था तथा राजनैतिक सहमती रहने विस्वास समेत व्यक्त भएको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete