Tuesday, September 30, 2014

निकृष्ट वाल श्रम अनुगमन , उद्धार तथा पुन स्थापना सम्बन्धी तालिम सम्पन्न



निकृष्ट वाल श्रम न्यून करण सम्बन्धमा ३ दिने (मिति २०७१/०६/११ गते देखि १३ गते सम्म) हाम्रो अभियान वाल श्रम मुक्त नगर भन्ने नाराको साथमा वाल संरक्षण समिति तथा सरोकारवाला निकायहरूको लागि वाल श्रम अनुगमन, उद्धार तथा  पुनस्थापना सम्बन्धी ३ दिवसिय तालिम कार्यक्रम धरानमा धरान नगरपालिका, ईटहरी नगरपालिका, उप्का नेपाल तथा प्लान नेपालको सहकार्यमा धरानमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरू जिल्ला वाल संरक्षण समिति, श्रोत केन्द्र विराटनगर, जि.वि.स. सुनसरी, धरान नगरपालिका वाल संरक्षण समिति,  इटहरी नगरपालिका वाल संरक्षण समिति, धरान नगरपालिका उद्धार समिति, इटहरी नगरपालिका उद्धार समिति, वाल क्लव, एस.ओ.यस. ग्राम, प्लान नेपाल, उप्का नेपाल, ईटहरी नगरपालिका, धरान नगरपालिका, उद्योग वाणिज्य महासंग, नेपाल रेडक्रस सोसाइटी, सरस्वती वाल आश्रम धरान १४, भोईस अफ चिल्ड्रेन ईटहरी, ई.ला.का. प्रहरी कार्यालय धरान तथा इटहरीका प्रतिनिधिहरू यस तिन दिने तालिम कार्यक्रममा सहभागी तथा प्रशिक्षार्थीको रूपमा रहनु भएको थियो । उक्त कार्यक्रममा प्रशिक्षकको रूपमा स्वीस कर्पोरेसनद्वारा प्रेम घिमिरे रहनु भएको थियो ।

सुनसरी जिविस अन्तर्गत रहेका ३ वटा धरान नगरपालिका, इटहरी नगरपालिका तथा ईनरुवा नगरपालिका तथा जि.वि.सका आसपासका गाविसहरूमा निकृष्ट श्रम रहित नगर घोषणा गर्नको लागि वाल संरक्षण समिति तथा सरोकारवाला निकायहरूको लागि वाल श्रम अनुगमन , उद्धार तथा  पुन स्थापना सम्बन्धी तालिम कार्यक्रममा वाल  बालिकालाई उद्धार गर्ने क्रममा वाल वालिका कुन किसिमको श्रममा छन् ? कस्तो काम गर्ने वातावरण मा छन् ? तथा कुन उमेर समूहको वाल बालिकाहरू रहेका छन् ? यस किसिमको सामाजिक तथा भौतिक पक्षहरूको यथार्थ विश्लेषण भएको हुनु पर्दछ भन्ने कुरामा सहजिकरण, समूह छलफल तथा अन्तरक्रिया  गरिएको थियो ।

  • निकृष्ट किसिमको वाल श्रम उन्मूलन गर्ने क्रममा वाल श्रममा भेटिएका बालबालिकाहरूको पहिचान भए पश्चात् वाल बालिकाको उद्धार कार्यको लागि सरोकारवाला संघ- संस्थाहरू, उद्धार समिति तथा स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्य तथा समन्वयमा उद्धार गर्नु पर्नेछ ।
  • उद्धार पश्चात् बालबालिकालाई पुन स्थापना गर्ने सवालमा पहिलो प्राथमिकता वाल बालिकाको घर नै हुनेछ ।
  • आफ्नो घर परिवार नभएको अवस्थामा नजिकको नातेदार तथा आफन्तकाँहा पुन स्थापना गरिनु पर्नेछ ।
  • आफन्तले राखेको वा राख्न चाहेको अवस्थामा वाल बालिकाको संरक्षक नियम संगत तोकिएको हुनु पर्दछ ।
  • आफन्तले पनि राख्न नचाहेका वा नराखेका निज जन्मेको गाउँ तथा तथा जिल्लामा त्यस जिल्लाको सरोकारवाला संस्थाहरूको सहयोगमा पुन स्थापना गर्नु पर्ने छ । पुन स्थापना गर्ने सवालमा अन्तिम विकल्पको रूपमा मात्र पुन स्थापना गृह हुनेछ ।
  • उद्धार तथा पुन स्थापनाको घटनाको तथा सूचना जानकारी स्थानीय निकाय तथा जिल्ला वाल कल्याण समितिमा समेत पठाएको हुनु पर्नेछ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete