Sunday, September 14, 2014

वैकल्पिक ऊर्जा प्रणाली - ऊर्जा किफायती व्यवस्था (Use of Alternative Energy - Solar Energy तथा आकाशे पानी संकलन (Water Harvesting) सम्बन्धी ५ दिने तालिम सम्पन्न



धरान नगरपालिका तथा UN Habitat को संयुक्त आयोजनामा वैकल्पिक ऊर्जा सम्बन्धी ५ दिने  तालिम कार्यक्रम धरान नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रमा सम्पन्न गरियो। जस अनुसार ऊर्जा किफायती व्यवस्था (Use of Alternative Energy - Solar Energy), सम्बन्धी ३ दिन मिति २०७१/०५/२४, २५ र २६ गते तथा आकासे पानी संकलन (Water Harvesting) सम्बन्धी २ दिन मिति २०७१/०५/२७ र २८ गते सम्पन्न गरिएको हो । 

उक्त ऊर्जा किफायती व्यवस्था (Use of Alternative Energy - Solar Energy) तालिमका सहभागीहरू स्थानीय भवन व्यवसायी संघ तथा क्यूपेक नेपालसँग आबद्ध निर्माण कर्मीहरू, धरान नगरपालिका विद्युत शाखाको कर्मचारीहरू तथा धरान नगर क्षेत्रमा  विद्युत जडानको काम गरिरहनु भएको ईलेक्ट्रिसियनहरू गरी जम्मा 24 जना तथा आकाशे पानी संकलन (Water Harvesting) सम्बन्धी २ दिने तालिमका लागि जम्मा ३७ जना गरी जम्मा ६1 सहभागीहरू रहनु भएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालका ३ वटा नगरपालिका धरान, पोखरा र ललितपुर लाई दिगो आवास परियोजना प्रवर्धनको लागि  हरित आवास योजना (Green Home Project)  नमुना कार्यक्रम संचालन गरेको छ । सोही परियोजना अनुरूप यस धरान नगरपालिकामा UN Habitat तथा Clean Energy Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा सौर्य विद्युत प्रणाली जडान सम्बन्धी ३ दिने तालिम कार्यक्रमको आयोजना भएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य धरान नगरपालिकालाई हरित आवास योजना युक्त शहरको रूपमा विकास गर्नको लागि न्यूनतम हरित आवासको मापदण्डको विकास गरेको हुन पर्दछ । हरित आवासको लागि पहिचान भएका मुख्य सवालहरू मध्ये उपर्युक्त निर्माण सामग्री (Green Material for Building), ऊर्जा किफायती व्यवस्था (Use of Alternative Energy - Solar Energy), आकाशे पानी संकलन (Water Harvesting), फोहोर मैलाको उपर्युक्त व्यवस्थापन (Solid  Waste Management) तथा घाम सदुपयोगी डिजाइन (Passive Solar Design) हुन् ।

वैकल्पिक ऊर्जा को पहिचान तथा प्रवर्धन गर्ने क्रममा नेपालमा भइरहेको लोड सेडिङको भारलाई कम गर्नको लागि वैकल्पिक ऊर्जाको रूपमा सौर्य ऊर्जाको प्रयोगमा प्रमोसन गर्न अत्यन्त आवश्यक देखिन्छ । सोही आवश्यकतालाई मनन गरी सरकारले सौर्य विधुत प्रणालीको उपयोगमा सेवा ग्राहीको पहुँच बढाउन तथा ऊर्जा खपतमा सहजता ल्याउनको लागि शहर तथा गाउँमा अनुदानको व्यवस्था गर्दै आएको छ ।

यस ३ दिनको तालिम कार्यक्रमको उद्देश्य सौर्य विद्युत प्रणालीको जडानको लागि दक्ष जनशक्तिको निर्माण गर्नु रहेको छ । कार्यक्रममा विधुत प्रणाली जडान सम्बन्धी म्यानुयल नै तयार गरी प्रशिक्षार्थीहरूलाई सौर्य विद्युत प्रणालीको परिचय सौर्य विद्युत प्रणाली  भागहरू सौर्य विधुत प्रणालीको साईजिङ सौर्य विधुत प्रणाली जडान  तथा सौर्य विद्युत प्रणालीको मर्मत सम्भार सम्बन्धी विषयमा प्रशिक्षणार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

त्यसै गरि आकाशे पानी संकलन (Water Harvesting) सम्बन्धी २ दिने तालिममा आकाशे पानी संकलन गर्ने तौर तरीका तथा विधिहरूको विषयमा विस्तृत छलफल तथा सिकाई गराइएको थियो । प्राय शहरी क्षेत्रहरूमा खाने पानीको समस्या जटिल समस्याको रूपमा रहेको तथा घरायसी प्रयोजनको लागि प्रयोग भएको पानी पुन प्रयोग गरेको अवस्थामा पानीको किफायती बढाउन सकिने हुन्छ त्यसै गरी आकाशे पानी संकलन कार्यलाई पनि प्रोत्साहन गरेको खण्डमा अझ पानीको प्रयोगमा किफायती हुनेछ । तसर्थ निर्माण कार्य गर्दा आकाशे पानी संकलन तथा पानीको प्रशोधन तथा पुन प्रयोग गर्ने प्रक्रियाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो ।

यस कार्यक्रमले धरान नगर क्षेत्रमा वैकल्पिक ऊर्जा जडानको लागि दक्ष जनशक्तिको उत्पादन समेत भएको छ । धरान नगरपालिका, स्थानीय संघ-संस्थाहरू तथा दातृ निकायहरूसँगको सहकार्यमा आयोजना गरिएको यस तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ ।


1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete