Tuesday, November 18, 2014

वातावरणमैत्री स्थानीय शासन शुभारम्भ



यही मिति २०७१ मंसिर २ गते मंगलबारका दिन धरान नगरपालिकाको आयोजना र जानकी सामुदायिक टोल सुधार समिति धरान १३ को संयोजनमा वातावरणमैत्री स्थानीय शासन शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

धरान नगरपालिका र जानकी सामुदायिक टोल सुधार समितिको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम धरान नगरपालिका कार्यकारी अधिकृत एवं प्रमुख टीकादत्त राईको सभापतित्व र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने,  सहसचिव गोपीकृष्ण खनाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, जि.वि.स. सुनसरीका स्था.वि.अधिकारी युवराज अधिकारी, ई.प्र.का. धरानका प्र.ना.उ. संजय सिह थापा, नेपाल नगरपालिका संघ का कार्यकारी निर्देशक कलानिधि देवकोटा, पुर्वालञ्चल क्षेत्रमा रहेका नगरपालिकाका कार्यकारी अधिकृतहरु, धरान नगरपालिकाका कर्मचारीहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरु, जानकी सामुदायिक टोल सुधार समितिका अध्यक्ष दिलीप कुमार श्रेष्ठ, वडा नागरिक मञ्चका प्रतिनिधिहरु,  समुदायका सदस्यहरू, पत्रकारहरू साथै अन्य सरोकारवाला संघ संस्था, समूह र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम प्रमुख अतिथि लगायत अन्य अतिथिहरूलाई जिरो प्वाइन्ट चौकमा स्थानीय वासिन्दाहरुद्वारा स्वागत गरी सो क्षेत्रमा भए गरेका वातावरणीय तथा फोहर व्यवस्थापन सम्बन्धी कृयाकलापहरुको स्थलगत अवलोकन गराउँदै जानकी चौकमा औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूबाट पानसमा दियो बाली धरान नगरक्षेत्रमा वातावरणमैत्री स्थानीय शासन प्रारूप अनुरूप योजना, कार्यक्रम तथा गतिविधिहरू संचालन हुने कुराको औपचारिक शुभारम्भ गरिएको थियो ।सूचक पुरा हुने वातावरणमैत्री घरहरुलाई निकट भविष्यमा स्टिकर प्रदान गर्न थालिनेछ गरिनेछ ।

उक्त कार्यक्रममा समुदायलाई फोहोर छुट्टाउने बकेट, कम्पोष्ट बनाउने ड्रम तथा फोहोर ढुवानी गर्ने गाडा (Wheel Barrow) हस्तान्तरण गरिएको थियो ।

No comments:

Post a Comment