Wednesday, December 17, 2014

स्थानीय स्तरको योजना तर्जुमा सम्बन्धी तालीम (Training on Local Level Planning) सम्पन्न


धरान उप-महानगरपालिकाको आयोजना तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, पूर्वाञ्चल कार्यक्रम समन्वय एकाइ विराटनगरको प्राविधिक सहयोगमा तिन दिने स्थानीय स्तरको योजना तर्जुमा सम्बन्धी तालिम कार्यक्रम यही मंसीर २८, २९ र पुष १ गते सम्पन्न गरिएको छ ।

उक्त ३ दिने तालिम कार्यक्रमकालागि सहभागीको रूपमा उप महानगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू मध्येबाट जम्मा १० जना, एकीकृत योजना तर्जुमा समितिका सदस्य प्रतिनिधिहरू मध्यबाट जम्मा ५ जना, वडा नागरिक मञ्चको प्रतिनिधिहरू मध्यबाट जम्मा १५ जना, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरू मध्यबाट जम्मा १० जना तथा सामाजिक परिचालकहरू जम्मा ५ जना गरी जम्मा ४५ जना तालिम कार्यक्रममा सहभागी रहनु भएको थियो ।

स्थानीय निकायहरूको (उप-महानगरपालिका कार्यालयको) वडा तथा वस्ति स्तरबाट योजना छनौट गर्ने सवालमा योजना तर्जमा गर्नको लागि अपनाउनु पर्ने १४ चरणको विधि तथा प्रक्रियाको विषयमा अभिमुखीकरण गराउनु कार्यक्रमको मुख्य उद्देश रहेको थियो । उक्त तिन दिने तालिमका विषयवस्तुहरूमा वडा नागरिक मञ्चको काम, कर्तव्य अधिकार वडा नागरिक मञ्चको अवस्था विश्लेषण, नागरिक सचेतना केन्द्रको काम, कर्तव्य र अधिकार, उप महा नगरपालिकाको काम, कर्तव्य र अधिकार, समस्या विश्लेषण तथा प्राथमिक करण, राष्ट्रिय अभियानहरू, अन्य सेवा प्रदायक संस्थाहरू तथा ती संस्थाहरू सँगको सहकार्य तथा समन्वय, योजना तर्जुमा प्रक्रिया, १४ चरणको योजना तर्जुमा, पुनताजगि तथा पुनरावलोकन सामाजिक अनुगमन तथा कार्य योजना जस्ता विषयहरूमा छलफल अन्तरक्रिया तथा सहजी करण गराइएको थियो ।

तालिम कार्यक्रम वस्ति तथा टोल स्तरको आयोजना छनौटमा जानु अघिमात्र सम्पन्न गरिएकोले राजनैतिक दलका प्रतिनिधिहरू एकीकृत योजना तर्जुमा समितिका प्रतिनिधिहरू तथा समुदाय तथा टोल वस्तिको अगुवा तथा प्रतिनिधिहरू यस तालिमको विषयवस्तुबाट प्रत्यक्ष लाभान्वित भएका छन् । योजना छनौटको प्रक्रिया तथा योजना प्राथमिक करणको सवालहरूलाई बस्तीस्तरवाट नै सफल कार्यान्वयन हुनेछ भन्ने कार्यक्रम आयोजनाको मुख्य उद्देश्य रहेको छ ।

उक्त तालिम कार्यक्रमका लागि श्रोत व्यक्तिहरू स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, पूर्वाञ्चल कार्यक्रम समन्वय एकाइ विराटनगरको प्राविधिक सहयोगमा सहजकर्ताद्वय मोहन श्रेष्ठ तथा शुभचन्द्र राईद्वारा गराइएको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete