धरान उप महानगरपालिका क्षमता
विकास योजना अन्तर्गत नगरपालिका कर्मचारीहरूको व्यक्तित्व
तथा क्षमता विकासको लागि सकारात्मक सोच तथा टिम विल्डीङ सम्बन्धी दुई दिने तालिम
कार्यक्रम मिति २०७२ जेष्ठ २९ र ३०
गते सम्पन्न गरिएको छ ।
कार्यक्रमको
मुख्य उदेश्य नगरपालिका कर्मचारीहरू दैनिक कामवाट रिफ्रेस गराई
सिकाइको नयाँ अवसर प्रदान गर्नु साथै कर्मचारीहरूलाई आफ्नो पेशा तथा काम प्रति
वफादार तथा अझ जिम्मेवार महसुस गराउने वातावरणको लागि आपसी भाइचारा तथा बन्धुत्वको
विकास गर्न तथा कार्यालयको काममा टीम वर्कको महत्व तथा सकारात्मक सोचको विकास गराई
कार्य सम्पादनमा अझ चुस्त दुरुस्त भएको अवस्था सृजना गर्दै कर्मचारीहरू भित्र आ-आफ्नो
जिम्मेवारी प्रति सकारात्मक धारणाको विकास गराउनु रहेको थियो ।
उक्त
दुई दिने तालिम कार्यक्रमको सहभागीको रुपमा धरान उप-महानगरपालिकाका सम्पूर्ण शाखा, उप-शाखा तथा एकाइका कर्मचारीहरू गरी
जम्मा ९० जना यस दुई दिने तालिम कार्यक्रमका सहभागीहरू रहेको थियो ।
कार्यक्रमका श्रोत व्यक्ति
तथा सहजकर्ताको रुपमा दुई दिने तालिम कार्यक्रमको लागि ह्युमन
एक्सलेन्स नेपाल -Human Excellence Nepal_ वाट डा. राजु अधिकारी, सहदेव महत तथा डा. नम्रता
पान्डे द्वारा सहजिकरण गराईएको थियो ।
Qualyty post actualyty, PT Lampung Service
ReplyDeleteService HP Bandar Lampung
Service iPhone Lampung
Jasa Kursus Service HP
Jasa Kursus Service HP
Youtuber Lampung , Thanks ! Visit Back.