Friday, July 3, 2015

वालमैत्री स्थानीय शासन कार्यविधि २०६८, तथा वाल अधिकार सम्बन्धी दुई दिने आवासीय तालिम कार्यक्रम तथा वाल भेला कार्यक्रम सम्पन्न


धरान उप महानगरपालिका वालमैत्री स्थानीय शासन तथा बालबालिका लक्षित कार्यक्रम अन्तर्गत बालबालिकाहरूको व्यक्तित्व तथा क्षमता विकासको लागि वालमैत्री स्थानीय शासन कार्यविधि २०६८, तथा वाल अधिकार सम्बन्धी दुई दिने आवसीय वाल भेला कार्यक्रम मिति २०७२ जेष्ठ २४ र २५ गते सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उदेश्य बालबालिकाको अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरूलाई वाल वालिका समक्ष जानकारी गराउने तथा  वालमैत्री स्थानीय शासनको मूल - बाल बचाउ, बाल संरक्षण, बाल विकास  र बालबालिकाको अर्थ पूर्ण सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्न वाल बालिकाको भूमिकाको बारेमा अन्तरक्रियामा सहभागी गराउनु रहेको छ ।
उक्त दुई दिने तालिम कार्यक्रमको सहभागीको रुपमा धरान उप-महानगरपालिका सरकारी तथा सामुदायिक विद्यालयहरूको वाल क्लव प्रतिनिधिहरू तथा २७ वडा नागरिक मञ्चमा आवद्द वाल वालिका प्रतिनिधि गरी जम्मा ७० जना यस दुई दिने आवासीय तालिम कार्यक्रमका सहभागीहरू रहेको थियो ।
कार्यक्रमका श्रोत व्यक्ति तथा सहजकर्ताको रुपमा धरान उप-महानगरपालिकाको कार्यकारी अधिकृत टीकादत्त राई, सा.वि.अ. सुनिल नेपाल, उप्का नेपाल हेमचन्द्र राई, मोहन श्रेष्ठ, हेमा थलङ, निर्मला बस्नेतद्वारा विभिन्न विषयहरूमा सहजिकरण गरिएको थियो ।

3 comments: