Thursday, August 20, 2015

आ.व.२०७१/७२ को धरान उपमहा नगरपालिकाको यथार्थ आयब्यय विवरण तथा वार्षिक समीक्षा गोष्ठि सम्पन्न

आज मिति २०७२ भदौ २ गते वुधवारका दिन सुनसरी उघोग वाणिज्य संघको मातहतमा रहेको सभाहलमा धरान उपमहा नगरपालिका कार्यालयको आ व २०७१/७२ को यथार्थ आयब्य विवरण तथा वार्षिक समीक्षा गोष्ठि  सम्पन्न भयो । उक्त कार्यक्रम धरान उप-महानगरपालिकाको आयोजनामा भएको थियो ।नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मंत्रालयवाट जारी भएको स्थानीय निकाय श्रोत परिचालन तथा ब्यबस्था कार्यविधि २०६९ र सुशासन एन अनुसार सर्वसाधरणलाई सेवा प्रदान गर्ने निकायले आफुले प्रदान गरेको सेवाको सरोकारवालाहरु सवैलाई जानकारी गराउन यस कार्यक्रमको ब्यबस्था गरेको छ ।सोही ब्यबस्था अनुरुप धरान उपमहा नगरपालिकाले आफुले प्रभाव गरेका र सम्पादन गरेका क्रियाकलापहरुको वारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले यो कार्यक्रमको ब्यबस्था नगरपालिकाले गरेको छ .धरान नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा धरान स्थित राजनीतिक दलका प्रतिनिधिहरु,उघोग वाणिज्य संघका अध्यक्ष्य, पत्रकार महासंघका अध्यक्ष्य ,भु. पु. पाँचकन्या गा. वि.. का अध्यक्ष्य आदि अतिथिका रूपमा रहनु भएको थियो ।

     राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरुवाट आआफ्ना शाखाका एक आ व २०७१/७२  मा सम्पादन गरिएका क्रियाकलापहरुको प्रस्तुत गरिएको थियो ।प्रस्तुत विवरणमा सहभागीहरुवाट उठाईएका जिज्ञासा तथा सवालहरुलाई सम्वन्धित शाखाप्रमुखवाट प्रस्टाउने कार्य पश्चात कार्यक्रममा रहनुहुने अतिथिज्युहरुवाट मन्तब्यका रुपमा वडानागरीक मञ्चका २ का अध्यक्ष्य गौरी शंखर अग्रवाल , वडा नागररीक मञ्च १३ उप संयोजक सपना राई , उघोग वाणिज्य संघका अध्यक्ष्य सरोज श्रेष्ठ, पुर्व पाँचकन्या गा. वि.. प्रमुख रमेस वस्नेत, राजनीतिक पार्टिका तर्फवाट नेकपा एमालेका नारायण सुवेदी र नेलाली काङग्रेसवाट विवय अछामी लगाएतका अतिथिहरुवाट सम्वोधन तथा सुझावहरु प्रकट गरिएको थियो ।
       उठाईएका सवालहरुमा धरान उपमहा नगरपालिकाका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युवाट उपस्थित सम्पुर्ण सहभागीहरुलाई नगरपालिका कार्यालयको तर्फवाट उठाईएका सवाल तथा जिज्ञासाहरुको पनि उत्तर तथा सहजीकरण गर्दै नगरवासीको चाहना र ईच्छा वमोजिम  नगरपालिका कार्यलय संचालन गर्ने र उक्त कार्यमा सवै नगरवासीहरुवाट सकारात्मक सहयोगको अपेक्षा रहेको मन्तब्य राख्दै उठाईएका सवाल तथा सुझावहरुलाई आगामी योजना तथा वार्षिक वजेटमा प्राथमिकता समेत दिने कुरा ब्यक्त गर्नु भयो ।
       ९० जना भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रममा ५० जना भन्दा वढी महिलाहरुको सहभागिता  रहनु र विषेश गरी जनजाती समुदायको उल्लेख्य उपस्थिति रहनु र कार्यक्रमलाई महिलाहरुको सक्रिय सहभागिता साथै उपस्थित मध्ये करिव १५जना सम्म प्रतिनिधिहरुले कार्यालयलाई आवश्यक सुझाव र जिज्ञासा राख्नु र सो विषयमा सम्वन्धित पक्षवाट सहजीकरण हुनु यस कार्यक्रमको सफलता मान्न सकिन्छ भने प्रत्यक्ष रुपमा नगरवासीहरुलाई परेका अप्ठारा काम र गुनासाहरु सम्वन्धित पदाधिकारी समक्ष राखी सुसुचित हुने अधिकार यस कार्यक्रमले उपलब्ध गराएको हुँदा नगरपालिकाकालगि यो कार्यक्रम फलदायी भएको निचोड तथा निस्कर्ष रहेको छ ।साथै निम्नतम सर्त कार्य सम्पादन तथा मुल्याङकनका लागि पनि यो कार्यक्रम अपरिहार्य भएको छ ।यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कृति च्यानलवाट प्रशारण गरिएकोहुँदा अनुपस्थित नगरवासीहरुले घरमै वसेर समेत प्रत्यक्ष हेर्ने अवसर मिलाईएकोमा आयोजक पक्षले विगतको कार्यमा सुधार ल्याएको छ।कार्यक्रमको समापन सभाका तथा कार्यकारी प्रमुख श्री टीकादत्त राईवाट गरियो ।

प्राप्त भएका सुझावहरु

   गणेश लिम्वु वडा नागरिक मञ्च धरान २० घरको नक्सा पास प्रक्रियामा वडा नं २० वासीले हाल लगाउलै आएको करको    १० प्रतिसतले मात्रै तिर्न सक्ने हूदा पुन विचार गरियोस र पहाडी क्षेत्रमा योजना संचालन गर्दा त्यहाँको ईन्जिनियरिङ तथा प्राकृतिक सम्पदाको ख्याल गरियोस ।साथै निशाने खोलाको पुललाई मर्मतकालागि अनुरोध ।
  धरान नगरपालिकावाट जनसहभागितामा आधारित विकासका कार्यहरुमा किन २० ८०, ४० ६०,  ५० ५० प्रतिशतका आधारमा कार्यहरु गरिएका होलान् ।
    एकतर्फि वाटोकालागि धरान वडा नं १ मा संचालन हुदै गरेको वाटोको मर्मत कार्यमा किन ढिलासुस्ती भएको हो ।साथै भानुचौकमा पर्यटकिय सुचना वोर्डको ब्यबस्था मिलाउन सरोकारवालाहरुलाई सुझाव ।
    धरान ३ र ६मा अवस्थित भौडि अब्यब्यस्थितका कारणले हाल सम्म ३ जनाको ज्यान गै सकेकोहुँदा अझैपनि धेरै खतरा रहेकोहुँदा तुरुन्त ब्‍यबस्थापन गर्न अनुरोध ।
   मंगलवारेदेखि धनकुटा जिल्लाको आहाले र विष्णुपादुका जोड्ने सडकको निर्माण र सडक वत्तिको ब्यबस्थापनमा अनुरोध ।
  सार्वजनिक जग्गा अतिक्रमण भएकाले खहरे तथा वाढि पहिरोले प्रकोप वढाई रहेकोहुँदा सम्वन्धित पक्षको ध्यानकर्षण होस ।
७ प्लान नेपालले साविक विष्णुपादुमा मात्र रहेर काम गरेको हो वा धरान नगरपालिकाका सम्पुर्ण वडाहरुमा पनि कार्य गरेको छ
८ सडक मापदण्ड विना वनेका सडकहरुलाई नगरपालिकाले सहयोग गर्न मिल्ने कि नमिल्ने ।
९ भौतिक विकासको पक्षमा त्यहा वसोवास गर्ने जनसंख्या र त्यस ठाउवाट उठेको राजश्वको आधारमा धरान उपमहा नगरपालिकाले लगानी गर्ने हो भने पछाडि गाभिएका वडाहरु चाँहि कसरी विकास होलान् ।
१० धरान उपमहा नगरपालिकाको मुटु भनेर चिनिने भानुचौक एरियामा नाईट मार्केट,त्यस एरियाको लाईन,फोन,केवल लगाएतका तारहरुलाई ब्यबस्थित र यात्रीहरुलाई विश्रामलायको ब्यबस्थापनमा नगरपालिकाको ध्यान जाओस ।
























1 comment:

  1. Thank you for the awesome content about the MyFSU

    ReplyDelete