Sunday, August 2, 2015

आ.व. २०७१/७२ को अन्तिम (तेश्रो) सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



   मिति २०७२ असार १८ गते शुक्रवारका दिन धरान उप-महानगरपालिका कार्यालयको प्राङ्गणमा "धरान उपमहानगरपालिका  कार्यालयबाट उपलब्ध गराईएका सेवा " विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान उप-महानगरपालिकाको आयोजना तथा युवादृष्टि संस्थाको व्यवस्थापनमा भएको थियो । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी भएको स्थानीय स्रोत परिचालन व्यवस्थापन कार्यविधी २०६९ र सुशासन (व्यवस्थापन तथा संचालन) ऐन 2064 को दफा ३० अनुसार सार्वजनिक सुनुवाई गर्नु पर्ने व्यवस्था छ। सोहि व्यवस्था अनरुप धरान उप-महानगरपालिकाले आफूले प्रवाह गर्ने सेवाको बारेमा प्रत्येक चौमासिकमा एउटा पर्ने गरी एक आर्थिक वर्षमा कम्तिमा ३ वटा सर्वजनिक सुनुवाई गर्ने क्रममा अघिल्ला चौमासिकहरूमा २ वटा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको र यस पटक आफूले सम्पादन गरेको कार्यहरूको बारेमा सरोकारवालाहरूलाई र नगरवासीहरूलाई जानकारी गराउने उद्देश्यले यप सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको थियो।धरान नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा विधुत प्राविधिकरणका धरानका प्रमुख अतिथि रहनु भएको थियो भने धरान स्थित राजनीतिक दलका प्रतिनिधिहरु एवम् धरान उप महा नगरपालिकाकाका पुर्व प्रमुख कुमारवहादुर कार्कीज्यु  अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय गानबाट सुरुवात गरिएको उक्त कार्यक्रममा प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले स्वागत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा लतिका श्रेष्ठवाट बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार श्री भवानी वरालले गर्नु भएको थियो । 
       उठाईएका सवालहरुमा सम्वन्धित पदाधिकारी तथा कर्मचारीहरुवाट प्रस्टयाउने र उत्तर दिने कार्य भयो जस्मा ईन्जिनियर सुरज श्रेष्ठ र धरान उपमहा नगरपालिकाका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युवाट उपस्थित सम्पुर्ण सहभागीहरुलाई नगरपालिका कार्यालयको तर्फवाट उठाईएका सवाल तथा जिज्ञासाहरुको पनि उत्तर तथा सहजीकरण गर्दै नगरवासीको चाहना र ईच्छा वमोजिम  नगरपालिका कार्यलय संचालन गर्ने र उक्त कार्यमा सवै नगरवासीहरुवाट सकारात्मक सहयोगको अपेक्षा रहेको मन्तब्य राख्दै वार्षिक रुपमा संचालन गरिएका सार्वजनिक सुनुवाई कार्यक्रममा उठाईएका सवाल तथा सुझावहरुलाई आगामी योजना तथा वार्षिक वजेटमा प्राथमिकता समेत दिने कुरा ब्यक्त गर्नु भयो ।
       २०० जना भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रममा ९० जना भन्दा वढी महिलाहरुको सहभागिता  रहनु र विषेश गरी जनजाती समुदायको उल्लेख्य उपस्थिति रहनु र कार्यक्रमलाई महिलाहरुको सक्रिय सहभागिता साथै उपस्थित मध्ये करिव 40 जना सम्म प्रतिनिधिहरुले कार्यालयलाई आवश्यक सुझाव र जिज्ञासा राख्नु र सो विषयमा सम्वन्धित पक्षवाट सहजीकरण हुनु यस कार्यक्रमको सफलता मान्न सकिन्छ भने प्रत्यक्ष रुपमा नगरवासीहरुलाई परेका अप्ठारा काम र गुनासाहरु सम्वन्धित पदाधिकारी समक्ष राखी सुसुचित हुने अधिकार यस कार्यक्रमले उपलब्ध गराएको हुँदा नगरपालिकाकालगि यो कार्यक्रम फलदायी भएको निचोड तथा निस्कर्ष रहेको छ ।साथै निम्नतम सर्त कार्य सम्पादन तथा मुल्याङकनका लागि पनि यो कार्यक्रम अपरिहार्य भएको छ ।यस कार्यक्रमको प्रत्यक्ष प्रसारण कृति च्यानलवाट प्रशारण गरिएको हुँदा अनुपस्थित नगरवासीहरुले घरमै वसेर समेत प्रत्यक्ष हेर्न अवसर मिलाईएकोमा आयोजक तथा ब्यबस्थापक पक्षले विगतको कार्यमा सुधार ल्याएको छ साथै धरान नगरवासीलाई प्रत्यक्ष सहभागी हुनकालागी विधुतिय माध्यमको प्रयोगका साथै स्थानीय मिडियामा सूचना प्रकाशन गरी नगरवासीहरुलाई सुसूचित गराईएकोहरँदा कार्यक्रमलाई ब्यबस्थित गराउन आबश्यक सकारात्मक पहल भएको पाईन्छ । कार्यक्रमको  समापन सभा अध्यक्ष तथा कार्यकारी प्रमुख श्री टीकादत्त राईवाट गरियो ।

No comments:

Post a Comment