Tuesday, December 1, 2015

२०७२/७३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न





 
यही मिति २०७२मंसिर ११ गते शुक्रवारका दिन धरान उपमहानगरपालिका कार्यालयको प्राङ्गणमा "उपमहा नगरपालिकावाट उपलब्ध गराईएका सेवा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम धरान नगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरान उपमहा नगर समितिको व्यवस्थापनमा भएको थियो ।


धरान उपमहा नगरपालिकाका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युको अध्यक्षतामा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु र नगर स्थित राननीतिक संयन्त्रका प्रमुख तथा प्रतिनिधिहरुलाई अतिथि राखिएको यस कार्यक्रममा राष्ट्रिय गानबाट सुरुवात गरिएको थियो । राष्ट्रिय गान पश्चात भेलामा उपस्थित सम्पुर्णलाई कार्यक्रमको उदेश्य तथा नगरपालिकावाट उपलब्ध गराईन्दै आएको सेवा तथा सुविधका वारेमा कार्यपत्र प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडा राख्ने कार्य भयो । कार्यक्रमलाई ब्यबसथापनको जिम्मा लिएको साझेदार संस्था महिला संजाल धरान उपमहा नगर समितिवाट समितिका सदस्यहरुलाई कार्यक्रम सहजिकरणको लागि माईक हस्तान्तरण नगरपालिकावाट दिएपछि  सुनिता के सी बाट बहिर्गमन अभिमत (Exit Pool) को प्रतिवेदन प्रस्तुत गरिएको थियो भने चेतना श्रेङगवाट आचार संहिता पढेर वाचन,मंजु भण्डारी र सविता राईवाट सहजीकरण गरिएको थियो ।
 
               जिज्ञासा तथा सुझाव  राख्ने महानुभावहरू
जिज्ञासा तथा सुझाव  राख्ने महानुभावहरुको नामावली

उठाईएको विषय
जिज्ञासालाई प्रस्टयाउने प्रतिनिधि र प्रस्टयाईएको उत्त्तरहरु
·         पंकज घिमिरे
      धरान १४





·         गणेश लिम्वु धरन १०






·         प्रेम राई धरान २४





·         भोला प्रसाद चौधरी  धरान १६



·         विजयपुरमा पर्यटन सम्वन्धि नीतिनियम तथा नगरपरिषदमा पर्याप्त वजेट विनियोजन साथै नियमित सरसफाईका लागि सुझाव

·         वन जंङगल संसक्षण र सामुदायिक वनहरुलाई पनि वजेट विनियवजन हुनु पर्यो ।
·         विष्णुपादुका जाने वाटोको अवस्था नाजुक भएको र ग्रामिण शहरी एरियामा ६०/४०को सहभागीता अब्यबयहारिक भएको


·         नेपाल सेवा निवृत्त भुतपुर्व कर्मचारीको भवनलाई किन रकम न पा विनियोजन भएन र नगरपालिकाको अनियमित कार्यहरुलाई कहिले सुधार गर्ने ।









ü  कार्यकारी अधिकृत टीकादत्त राई सुझावलाई आगामी नगरपरिषदमा समिट्रन प्रयास गरिने । कार्यकारी अधिकृत सम्पुर्ण जिज्ञासालाई सम्मान तथा कदर सुझावहरुलाई आगमामी कार्य योजनामा समेट्दै लैजाने प्रतिवद्धता जाहेर .

ü  सुनील नेपाल  वातावरण मैत्री कार्यक्रम संचालन गरी फोहर संकलन कार्यमा सरलता ल्याउने प्रतिवद्धता ।








·         भक्त सिंह क्षेत्र
















·         विवाह दर्तामा नगरपालिकाका वडा सचिवहरुको अनियमितता तथा मृत्यु भएका मान्छेहरुको पनि विवाह दर्ता पाईएका वडा सचिवहरुलाई के कस्तो कार्वाही गरियो ।

·         कार्यालयमा कार्यलयका कर्मचारीहरुलाई भेट्न नपाईएको र ADB अन्तर्गको  खानेपानी कार्यमा ऋण लिँदा नगरवासीको ४०/६० लगानीमा किन संचालन नगरिएको होला ।
·          गणेशप्रसाद खतिवडा कार्य अनियमित भएको उजुरी नगरपालिका कार्यालयमा परेको र सो विषयमा छानविनकालागि ढड्डा मगाईएको तर ढड्डामा उल्लेख नभएको पाईएकाले उक्त कर्मचारीलाई कार्यालयमा तानिएको र अनुसन्धानको क्रममा रहेको जानकारी ।








·         गंगा राई
धरान १०

·         पानीका धरा तथा पाईपहरु जताततै फुटेकाले खानेपानीको समस्या बढेको ।
·          राजु पोखरेल  धरानको मुख्य समस्या मध्यै खानेपानी प्रमुख रहेकोहुँदा  धरानको राजनीतिक दलकै सहमती र नगरपालिका कार्यालयको निर्णयानुसरार कार्य गरिएको र हाल कार्यान्वयन अवस्थामा रहेको ।

विष्णु खनाल  धरान


 
टंक राई धरान ८









लोक व तामाङग धरान १५


·          घर नक्सापास नीयमानुसार किनकाम भएन
      धरान ६ को भानुचौक एरियाको स्याव निर्माणमा विनियोजन भएको रमकवाट कति कार्य भयो र अब्यब्यस्थित स्लाव कहिले सम्ममा निर्माण होला


·          धनकुटे रोडको भत्किएको पुल मर्मतमा किन हाल सम्म ध्यान नगएको

·          विधुत प्राविधिकरण मार्ग मापदण्ड भन्दा बढि भएकोमा वाटो र ढल निर्माणमा पहल होस  




ü             सुरज श्रेष्ठ    
सडक तथा ढल निर्माणमा कार्य स्टिमेट अनुसार सम्पन्न भए नभएको निरिक्षण समितिको प्रतिवेदन अनुसारमात्र भुक्तानीको ब्यबस्था रहेको र रिएको जिज्ञासा तथा सुझावहरुलाई आगामी दिनमा अझ ससक्ताकासाथ कार्य गरिने ।भानुचौक एरियाको स्लाव निर्माणमा उपभोक्ता निर्माण गर्न कार्यालयलाई केहि अप्ठारो भएको र उपभोक्ता निर्माण गरी थप कार्य सम्पन्न गरिने प्रतिवद्धता जाहेर
साथै धनकुटे रोडको पुल निर्माण कार्यका धरै रकम लाग्नेहुँदा रोड बिभाग संग समन्वय भै रहेको ।




प्रमिला नेम्वाङग
 धरान १५







भुवपन सिह राई
धरान २६

      लागु पदार्थ सेवन कर्तालाई नगरक्षेत्रमा किन ब्यबस्थापन सम्वन्धित पक्षवाट नगरिएको , महिला पार्क बनाएर वजेट लापरवाही गरिएको किन र प्रौढ कक्षाको अनियमितताको सरोकारवाला निकायवाट हालसम्म किन चासो नदेखाईको


       अपाङग प्रमाणपत्रको क ख वर्गको कार्ड पाउने ब्यक्तिले तोकिए अनुसार सहयोग प्राप्त गर्न सक्छन् , भालुढुङगामा रहेको विधालयमा भवन निर्माणकालागि सहयोग र वन जङगल संरक्षमा पनि वजेट विनियोजन होस ।


ü             सुनील नेपाल
अनियमितता भएका कार्यक्रमहरु भए सुधार गरिने र सरोकारवाला सवैसंग समन्वय गर्दै जाने र सवैपक्षसंग आबश्यक सर सहयोगक र सुझावकालागि अनुरोध ।परिचयपत्र सम्वन्धमा नेपाल सरकारवाट निर्देशन भएका कार्यविधि अनुसारकै सेवा तथा सुविधहरु उपलब्ध गराईने ।



धनश्याम रिजाल


सुकुम्वासी वस्ती ब्यबस्थापनकालागि धुरीकर नगरपालिकाले किन नलिएको



दलका प्रतिनिधिहरु शैलेस मानन्धर , रानमणी निरौला  राम आम्वुहाङगवाट
समस्या समाधानकालागि राजनीतिक दलका प्रतिनिधिहरु सकारात्मक रहेको र यस समस्यालाई दीर्घकालिन योजनामा राखी ब्यबस्थित वसोवासकालागि पहल गर्ने प्रतिवद्धता जाहेर ।
कृष्ण नारायण पालिखे
धरान १४
बुझ्नेलाई काफी छ भने जस्तै
सम्वन्धित पक्षहरु सवै र सधै सजक रहन सुझाव ।

पुर्ण घिमिरे धरान
नगर पालिका कार्यालयवाट उपलब्ध गारईने विभिन्न सिफारिस मध्ये वाटो बन्द भएको सिफारिस लिन आउदा नगरपालिकाले किन उपलब्ध गराएन
 गणेशप्रसाद खतिवडा
नगरपालिकालाई तिर्न पर्ने राजश्व चुक्ता भए पछि नागरिक वडापत्रमा उल्लेख भए वमोजिम तुरुन्त उपलब्ध गराईने ।


       जिज्ञासा तथा सुझावहरु पश्चात सामाजिक विकास शाखाका शाखा प्रमुख श्री सुनील नेलालवाट सामाजिक परिक्षण प्रतिवेदन र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता पाउने नामावलीहरु प्रस्तुती  गरियो । भेलालाई थप प्रस्ट्याउने कार्य राजनीतिक दलका प्रतिनिधिहरुवाट पनि गरियो । उठाईएका सवालहरुमा सम्वन्धित पदाधिकारी तथा कर्मचारीहरुवाट प्रस्टयाउने र उत्तर दिने कार्य भयो जस्मा ईन्जिनियर सुरज श्रेष्ठ, प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडा, सामाजिक विकास अधिकृत सुनील नेपालहरुवाट थप प्रस्ट्याने कार्य भयो ।अन्तमा धरान उपमहा नगरपालिकाका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युवाट उपस्थित सम्पुर्ण सहभागीहरुलाई नगरपालिका कार्यालयको तर्फवाट उठाईएका सवाल तथा जिज्ञासाहरुको पनि उत्तर तथा सहजीकरण गर्दै नगरवासीको चाहना र ईच्छा वमोजिम  नगरपालिका कार्यलय संचालन गर्ने र उक्त कार्यमा सवै नगरवासीहरुवाट सकारात्मक सहयोगको अपेक्षा रहेको मन्तब्य राख्दै वार्षिक रुपमा संचालन गरिएका सार्वजनिक सुनुवाई कार्यक्रममा उठाईएका सवाल तथा सुझावहरुलाई आगामी योजना तथा वार्षिक वजेटमा प्राथमिकता समेत दिने कुरा ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।
       ३३० जना भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रममा १७० जना भन्दा वढी महिलाहरुको सहभागिता  रहनु र विषेश गरी जनजाती समुदायको उल्लेख्य उपस्थिति रहनु र कार्यक्रमलाई महिलाहरुको सक्रिय सहभागिता साथै उपस्थित मध्ये करिव ४० जना सम्म प्रतिनिधिहरुले कार्यालयलाई आवश्यक सुझाव र जिज्ञासा राख्नु र सो विषयमा सम्वन्धित पक्षवाट सहजीकरण हुनु यस कार्यक्रमको सफलता मान्न सकिन्छ भने प्रत्यक्ष रुपमा नगरवासीहरुलाई परेका अप्ठारा काम र गुनासाहरु सम्वन्धित पदाधिकारी समक्ष राखी सुसुचित हुने अधिकार यस कार्यक्रमले उपलब्ध गराएको हुँदा नगरपालिकाकालगि यो कार्यक्रम फलदायी भएको निचोड तथा निस्कर्ष रहेको छ । साथै निम्नतम सर्त कार्य सम्पादन तथा मुल्याङकनका लागि पनि यो कार्यक्रम अपरिहार्य भएको छ ।यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कृति च्यानलवाट प्रशारण गरिएकोहुँदा अनुपस्थित नगरवासीहरुले घरमै वसेर समेत प्रत्यक्ष हेर्न अवसर मिलाईएकोमा आयोजक तथा ब्यबस्थापक पक्षले विगतको कार्यमा सुधार ल्याएको छ साथै धरान नगरवासीलाई प्रत्यक्ष सहभागी हुनकालागी विधुतिय माध्यमको प्रयोगका साथै स्थानीय मिडियामा सूचना प्रकाशन गरी नगरवासीहरुलाई सुसूचित गराईएकोहरँदा कार्यक्रमलाई ब्यबस्थित गराउन आबश्यक सकारात्मक पहल भएको पाईन्छ ।
निष्कर्ष
·         धरान नगरपालिका कार्यालयद्वारा जारी गरिएको नागरिक वडापत्र २०६३ संशोधन सहित २०६८ अनुसार नगरपालिकाबाट सेवा लिन चाहने सेवाग्राहीले  नगरपालिकाबाट दिईने सेवा सुविधामा सार्वजनिक बहस मार्फत आज २०७२/०८/११ गते सार्वजनिक सुनुवाई सम्पन्न गरियो ।
·         नगरपालिकाबाट दिईने सेवा सुविधा ८ वट शाखाबाट ५० वटा विषयगत सुचीको जानकारी लिनेदिने कार्य भएको छ । विषयगत र सुची गत रूपमा व्यापक छलफल बहस केन्द्रित हुन नसके पनि केहि विषयमा जानकारी लिनेदिने कार्य भएकोछ ।
·         यो छलफलमा 2६ वटा भन्दा बढि सेवाग्राहीले सुविधामा भएको कमी कमजोरी माथि जिज्ञासा राख्ने काम भएको छ । भविष्यमा यस्ता कार्यक्रममा बढीभन्दा बढि सहभागिता गराउन सरोकारवाला सबैको दायित्व रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
·         महिला संजाल धरान नगर समितिको व्यवस्थापनमा भएको यो कार्यक्रमलाई सहज गरिदिनहुने नगरवासी, नगरपालिका, मिडियाकर्मी,  संघ संस्थका प्रतिनिधिहरू सवै धन्यवादका पत्रहरू भएको अनुभूति गर्न सकिन्छ । भविष्यमा हुने यस्ता कार्यक्रममा सबै नगरवासीको सहयोगमा मात्र सम्पन्न हुने आजको निष्कर्षको चुरो विषय हो । 
·           सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको विवरण तथा सामाजिक परिक्षण प्रतिवेदनले औल्याएका सुझावहरुलाई कार्यान्वयन गर्न आगामी परिषदमा लैजाने प्रतिवद्धता गरियो ।
कार्यक्रमको तालिका निम्नानुसरको रहेको थियो ।
   उद्‌घोषक   भक्तीराज शर्मा र चेतना श्रेङग
     १ आसन ग्रहण
) सभाध्यक्ष :  कार्यकारी अधिकृत
) अतिथि  : राजनीतिक पाटीका प्रमुख तथा प्रतिनिधिहरु , सरोकारवाला निकायका प्रतिनिधिहरु
   राष्टिय गान ।
   स्वागत मन्तब्य तथा नगरपालिकावाट उपलब्ध गराईन्दै आएको सेवा सुविधाको वारेमा प्रस्तुती वरिष्ठ    प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडा ।
   वहिर्गमन अभिमत प्रतिवेदन प्रस्तुत सुनीता के सी ।
  आचार संहिता प्रस्तुत चेतना श्रेङ ।
   प्रश्नहरु लिखत तथा मौखिक संकलन सहजकर्ता तथा मोडरेटरहरु मंजु भण्डारी / सविता राई आदी
  राजनितिक दल तथा कर्मचारी प्रतिनिधिहरुवाट प्रस्टिकरण ।
   सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको विवरण तथा सामाजिक परिक्षण प्रतिवेदन पस्तुत -         श्री सुनील नेपाल ।
  पुन जिज्ञासाको आब्हान - सहजकर्ता तथा मोडरेटरहरु मंजु भण्डारी / सविता राई आदी
१०  थप जिज्ञासा प्रस्ट्याने कार्य सम्वन्धित प्रतिनिधिहरुवाट ।
११  समापन सभाध्यक्ष - श्री टीकादत्त राईज्युवाट  







2 comments:

  1. In the meeting there are 170 women present it is good to see that the women are also praticipating in the meeting for the development of the village and hope to see their praticipation in other meetings also and the responsible person should listen and solve the problem of the villagers.

    ReplyDelete
  2. Therefore gathering web sites and programs For gambling on line slots as a great deal as viable best right here We assure that Every internet site we pick All of them are expert Slot on line carrier provider, smooth to access, convenient, and safe, permitting you to play 888 on line slots from everywhere withinside the world. No rely what day or time you need to play. สล็อต888

    ReplyDelete