Promoting
Sustainable Housing in Nepal- Water and Waste Water management Throught Kaushi
Kheti at Household Level in Dharan
3 Days
Traning : Date on 4 to 6 Dec 2015
धरान उप-महानगरपालिका तथा UN
Habitat – Green Homes Project को संयुक्त आयोजनामा कौसी खेती सम्बन्धी
३ दिने तालिम कार्यक्रम धरान उप-महानगरपालिका
सम्पन्न गरियो। जस अनुसार Promoting Sustainable Housing in Nepal- Water
and Waste Water management Throught Kaushi Kheti at Household Level,
सम्बन्धी मिति २०७२/०८/१८ देखि २० गते सम्म ३ दिन सम्पन्न गरिएको हो ।
उक्त ३ दिने कौशीखेती सम्बन्धी तालिमका
सहभागीहरू धरान नगर क्षेत्रका विभिन्न वडाका वडा नागरिक मञ्चका सदस्यहरू,
नागरिक सचेतना केन्द्रका सदस्यहरू तथा इच्छुक वडावासीहरू सहभागीहरू समेत गरी जम्मा ४० जना सहभागीहरू प्रशिक्षार्थीका रूपमा रहनु भएको थियो ।
उक्त कौशी खेती सम्वन्धी ३ दिने
तालिमका लागि श्रोतव्यमक्तिको रुपमा UN Habitat – Green Homes
Project द्वारा नै सहजकर्ता द्वय श्री शेस नारायण मजर्जन तथा मोहन
वहादुर थापा रहनु भएको थियो
युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालका
३ वटा नगरपालिका धरान, पोखरा र ललितपुर लाई दिगो आवास
परियोजना प्रवर्धनको लागि हरित आवास योजना (Green Home Project) नमुना कार्यक्रम संचालन गरेको छ । सोही परियोजना
अनुरूप यस धरान नगरपालिकामा UN Habitat को
आर्थिक तथा प्राविधिक सहयोगमा कौशीखेती सम्बन्धी ३ दिने तालिम कार्यक्रमको आयोजना
भएको हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य धरान
नगरपालिकालाई हरित आवास योजना युक्त शहरको रूपमा विकास गर्नको लागि न्यूनतम हरित
आवासको मापदण्डको विकास गरेको हुन पर्दछ । हरित आवासको लागि पहिचान भएका मुख्य
सवालहरू मध्ये उपर्युक्त निर्माण सामग्री (Green Material for
Building), ऊर्जा किफायती व्यवस्था (Use
of Alternative Energy - Solar Energy),
पानी सम्बर्धन (Water Harvesting), फोहोर
मैलाको उपर्युक्त व्यवस्थापन (Solid Waste Management)
तथा घाम सदुपयोगी डिजाइन (Proper Building Design)
हुन् ।
यस ३
दिनको तालिम कार्यक्रमको उद्देश्य फोहोर मैलाको उपर्युक्त व्यवस्थापन गर्नका लागि
घरेलु फोहोर मैलालाई कुहिने तथा नकुहिने फोहोर जैविक तथा अजैविक लाई छुट्टायर
राख्ने तथा जैविक फोहोरलाई घरमा नै कम्पोष्टीङ गरी उक्त कम्पोस्ट मल लाई कौशीखेती
मार्फत तरकारी खेती गर्नका लागि उपर्युक्त विधि,
उपर्युक्त विउ विजन छनौट, वेर्ना
उत्पादन गर्ते विधि ,गोडमेल गर्ने तौर तरिका,
खेती संरक्षणका लागि प्राविधिक शिप, घरेलु
तथा स्थानीय उपचार तथा कौशी खेती गर्नका लागिका लागि प्रशिक्षणार्थीलाई
सैदान्तीक तथा प्रयोगात्मक ज्ञान तथा शिप प्रदान गरिएको थियो ।
धरान
नगरलाई हरित शहर बनाउनको लागि यस ३ दिने मिति २०७२/०८/१८ देखि २० सम्म कौशी खेती सम्बन्धी तालिमले नतिजामूखि काम
गर्नेछ। कौशी खेती तालिमलाई अझ प्रभावकारी तथा नतिजा मूलक बनाउनको लागि धरान
उप-महानगरपालिकाले अनुगन संयन्त्रको विकास गर्ने योजना तथा उक्त कम्पोष्टीङ तथा
कौशी खेतीलाई अझ विस्तृत रुपमा लाने उप महागरपालिकाको कार्य योजना सहित यस तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न
गरिएको छ ।
निकै नै राम्रो तालिम रहेछ, यस्ता कार्यक्रमलाई देशभरी नै संचालन गरेर सम्पूर्ण किसानहरुलाई सम्बृद बनाउन सकिन्छ, साथै रोजगारी खोज्न विदेशीने काम पनि बन्द हुन्छ ।
ReplyDeleteThis training is very useful.we can easily maintain the waste garbage and make the city clean and pollution free.
ReplyDeleteUN Habitat - Green Home project is an important project for the people of Dharan.
ReplyDelete