Tuesday, January 26, 2016

सामाजिक परिचालन विषयक प्रगति समिक्षा तथा अन्तर्कृया कार्यक्रम सम्पन्न


धरान उप-महानगरपालिका कार्यालयले सामाजिक परिचालन कार्यक्रम अन्तर्गत सामाजिक परिचालन कार्यक्रमका प्रत्यक्ष सरोकारवालाहरू सँग एक दिने सामाजिक परिचालन विषयक प्रगति समिक्षा तथा अन्तर्कृया कार्यक्रम मिति २०७२ माघ १० गते आइतवार सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागीका रूपमा नगर स्तरीय सामाजिक परिचालन समन्वय समिति पदाधिकारीहरू, वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनिधिहरू , सामाजिक परिचालकहरू तथा स्थानीय सेवा प्रदायक संस्थाका सामाजिक परिचालन कार्यक्रम संयोजकहरूको उपस्थिति रहेको थियो । उक्त अन्तर्कृया कार्यक्रममा ६० जना महानुभावहरूको उपस्थिति रहेको थियो । जसमा ४० जना महिला तथा २० जना पुरुष सहभागीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सहजिकरण धरान उप-महानगरपालिकाका सामाजिक विकास अधिकृत सुनिल नेपाल तथा शहरी शासन विज्ञ पूर्णकला राईले गर्नु भएको थियो ।  कार्यक्रममा स्थानीय सेवा प्रदायक संस्था -युवादृष्टि समाज धरान तथा सेभ द अथ ईन्टरनेशनल, सुनसरी /JV, मानव विकास तथा वातावरण संरक्षण मञ्च, झुम्का सुनसरी तथा सामुदायिक समाज उत्थान केन्द्र, देवान गन्ज सुनसरी का संयोजकहरू द्वारा हाल सम्मको सामाजिक परिचालन कार्यक्रमको प्रगति समीक्षा प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीकरण माथि सहभागीहरूको जिज्ञासालाई नगरपालिका तथा सहजकर्ताहरूले सम्बोधन गर्नुभएको थियो ।
सामाजिक परिचालन निर्देशिका २०७१ अनुसार नगरपालिकाको हरेक वडामा वडा नागरिक मत्र्च गठन  गर्नु पर्ने भए बमोजिम धरान उप-महा नगरपालिकाका सम्पूर्ण वडाहरूमा वडा नागरिक मञ्च गठन भै सकेको, सवै वडाका अति विपन्न वस्तिमा नागरिक सचेतना केन्द्र गठन तथा संचालनमा रहेको तथा उक्त संरचनाहरूलाई सहजीकरण गर्न सवै वडाहरूमा सामाजिक परिचालकहरू कार्यरत छन् । नगरको सामाजिक परिचालन कार्यक्रमलाई प्राविधिक सहयोग गर्नका लागि धरान उप-महा नगरपालिकामा ३ वटा स्थानीय सेवा प्रदायक संस्थाहरूद्वारा सामाजिक परिचालन कार्यक्रम संयोजक कार्यरत छन् ।
अन्तर्कृया कार्यक्रममा  सहभागी सबै समाज परिचालनको अर्थपूर्ण संयन्त्र भएकोले समाजको सकारात्मक परिवर्तन तर्फ काम गर्दै नै आइरहेको तथा आगामी दिनमा अझ सामाजिक विकासको कार्य तथा समाजमा विद्यमान कुरीति तथा विसंगतिलाई घटाउनको लागि सामूहिक पहल तर्फ प्रतिबद्ध रहने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ ।

7 comments:

  1. Dharan Muncipality is running innovative programme for generation of employment and social developmemt

    ReplyDelete
  2. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 사설토토사이트

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. Your paintings is definitely liked spherical the clock and the globe. It is fantastically a complete and useful weblog. actualité manga

    ReplyDelete
  5. I became analyzing your article and puzzled in case you had taken into consideration developing an e-book in this situation. Your writing might promote it fast. You have quite a few writing talent. Agario

    ReplyDelete
  6. 뜨거운 거래, 뜨거운 게임 및 더 많은 우승 기회? 이것이 바로 우리의 시도 온라인 바카라 더 보고 배우기 위해.

    ReplyDelete