धरान उप-महानगरपालिका कार्यालय - १८ औ राष्ट्रिय भूकम्प सुरक्षा
दिवस माघ २ २०७२
ûवैशाख १२ त गई हाल्यो भुइचालो! सुरक्षित पुन-निर्माणमा
जुट्ने अव हाम्रो पालो !!ü भन्ने नाराको साथ १८ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मिति
२०७२ माघ २ गते धरान उप-महानगरपालिका कार्यालयको आयोजना, नेपाल रेडक्रस सोसाइटी, सुनसरीको
प्राविधिक सहयोग तथा स्थानीय भवन निर्माण व्यवसायी संघ धरान, साईक्लिङ धरान
तथा क्यूपेक नेपालको सहकार्यमा धरान नगरका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरू
गरी सम्पन्न भएको छ।
उक्त कार्यक्रमहरू मध्ये जनचेतनाको लागि बृहत साईकल
र्यालीको आयोजना गरिएको हो र र्यालीमा ५५ जना साईकल चालकहरूको सहभागिता रहेको थियो
भने उक्त कार्यक्रमलाई साईक्लिङ धरान तथा स्थानीय भवन निर्माण व्यवसायी संघ धरानको
संयुक्त आयोजनामा भएको थियो । जन चेतना मूलक सन्देश लिई साईकल र्याली धरान
नगरपालिका प्राङ्गण वाट शुरु भई छाता-चौक, जिरोपोईन्ट, फुस्रे आर्मि स्कूल अगाडी, अमरहाट, रेडक्रस-चौक, विजयपुर
पिण्डेश्वर मन्दिर, गौधारा , निराजन वस्ती, वगरकोट, सदनस्कूल-चौक, श्याम-चौक, महादेव-चौक, लाङघाली-चौक, वरगाछी-चौक, भोटे पुल, बुद्ध-चौक, BPKIHS, रेल्वे, मंगलबारे-चौक, कल्याण-चौक, भानु-चौक हुँदै पुन नगरपालिका प्राङ्गणमा आएर साक्लिङ
र्याली सम्पन्न भएको थियो । सहभागीहरूलाई प्रोत्साहन स्वरूप सहभागिताको प्रमाणपत्र
समेत वितरण गरिएको थियो ।
त्यसै गरी ८०० भन्दा बढि स्थानीय वासीको उपस्थितिमा बृहत
जनचेतना र्याली नगरपालिका प्राङ्गण वाट सुरु भई धरानका मुख्य बजार क्षेत्र छाता
चौक, महानन्द मार्ग, सिंहदेवी चौक, भौडी, देशि लाईन हुँदै भानु चौकमा गएर र्यालीको समापन भएको थियो । र्यालीमा
जन चेतना मूलक व्यानर तथा टेम्पलेटहरूको प्रदर्शनी गरिएको थियो । र्यालीमा
स्थानीय संघ संस्था तथा सरोकारवालाहरूको स्वस्फूर्त सहभागी संस्थाको आ-आफ्नो
ब्यानरको साथमा भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी धरानका प्रतिनिधिहरूले
भूकम्प पछिको तत्कालीन खोज तथा उद्दार कार्य तथा प्राथमिक उपचारको डेमो तथा विजयपुर
हस्पिटलमा भूकम्पीय ड्रिल समेत गरिएको थियो । यस कार्यलाई सभामा उपस्थित सबैले तथा
यात्रीहरूले ध्यान पूर्वक तथा आश्चर्य जनक ढंगले हेरिरहेको पाइयो । कार्यक्रममा सरोकारवालाहरू सबैले
-नगरपालिका प्रमुख, नेपाल रेडक्रस सोसाइटी, स्थानीय भवन निर्माण व्यवसायी संघ तथा राजनैतिक दलका प्रतिनिधिहरूले_ आ-आफ्नो
क्षेत्रबाट भवन संहिता कार्यान्वयन गर्ने/गराउने , भूकम्प प्रतिरोधी भवन बनाउने तथा भूकम्पीय
जोखिमलाई न्यूनीकरण गर्ने तथा जन चेतना मूलक कार्यहरू निरन्तर गर्दै जाने
प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
त्यसै गरी धरान उप-महानगरपालिका वार्ड नं. २३ -साबिक पाँचकन्या
गाविस_ मा पनि १८ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जन चेतना मूलक र्यालीको आयोजना गरियो । र्यालीमा ३०० भन्दा बढि
स्थानीय वासीको स्वत:स्फूर्त उपस्थिति रहेको थियो । उक्त जन सागर वार्ड नं. २३ को
मुख्य बसोबास क्षेत्र स्कूलडाँडाबाट सुरु भई सरस्वती चौक सयपत्री चौक हुँदै पुन
स्कूल डाँडमा गई मा र्याली समापन गरिएको थियो ।
Nepal has paid heavy cost due to earthquake. Dharan Municipality is doing great job by creating awareness about earthquake.
ReplyDeleteThe quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 사설토토사이트추천
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteSuper-Duper webweb net web page! I am Loving it!! Will come lower back again, Im taking your feed also, Thanks. 플레이포커 머니
ReplyDeleteOnline Gambling sa Pilipinas ang online trend!!!! Want to know more about the site? visit here --->> online gambling in the philippines
ReplyDelete