Wednesday, September 1, 2010

हम्प्स सम्बन्धी सूचना

2066.12.11

धरान नगर क्षेत्र भित्र केही समय देखि आफू खुसी अवैज्ञानिक ढङ्गबाट जथाभाबी भिन्न प्रकृतिका Humps हरु निर्माण गर्ने क्रम बढ्दो रुपमा देखिएको हुनाले दमकल, एम्बुलेन्स जस्ता इमर्जेन्सी सेवाका वाहन तथा अन्य यातायात आवागमनमा असहज भइ रहेकोले नगरपालिकाको ध्यान आकृष्ट भएको छ । उक्त अव्यवस्थाले सडक तथा सवारी साधनलाई पनि प्राविधिक दृष्टिकोणबाट क्षति पुगेको देखिन्छ । तसर्थ नगरवासीले आफ्नो घर छेउको सडकमा Humps निर्माण गर्नु परेमा तपसी बमोजिमको मापदण्ड अनुरूप नगरपालिकाबाट पूर्व स्वीकृति लिई मात्र निर्माण गर्नु हुन जानकारी गराइन्छ ।


  • एक Humps देखि अर्को Humps सम्म को दुरी कम्तीमा 150 मिटर हुनु पर्ने छ ।
  • Humps को चौडाइ ६ फिट र बीच भागको उचाई ५ इन्चको हुने गरी दुवै तर्फ स्लोपमा बनाउनु पर्ने छ ।
  • Humps बनाउँदा कालो पत्रे या सिमेन्ट ढलाईको मात्र बनाउन पाइनेछ ।
  • Humps लाई रातमा पनि देखिने सकिने गरी पेन्टिङ गर्नु पर्नेछ ।

उल्लिखित मापदण्डहरू नपुर्याइ जथाभाबी बनेका Humpsहरु सम्बन्धित उपभोक्ता समिति तथा सरोकारवालाहररू सँग समन्वय गरी तत्कालै भत्काउने ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ । साथै अनधिकृत रुपमा जथाभाबी Humps निर्माण भएका सडकहरूमा अब उप्रान्त नगरपालिकाबाट हुने सडक मर्मत सम्बन्धी कुनै पनि काम गर्न नसकिने ब्यहोरा समेत सर्वसाधारण सबैलाई जानकारी गराइन्छ ।

3 comments:

  1. Good to hear this news..becoz in dharan we can see many humps everywhere..people built humps wherever they want and some humps are too big and and in some place humps are too near...so i encourage the D.M to Please follow up the decision as soon as possible and in a very strict manner..GOOD LUCK!

    ReplyDelete
  2. This is a good initiative by Dharan local administration.

    ReplyDelete
  3. The quality and quantity of work produced here are absolutely informative. Thanks for sharing. My site:: 토토안전

    ReplyDelete