Saturday, October 2, 2010

१ दिने अपाङ्गता परिचय पत्र वितरण शिविर सञ्चालन हुने

धरान नगरपालिकाको आयोजना र महिला विकास कार्यालय सुनसरीको सहयोगमा यही मिति 2067 असोज 20 गते बुधवार धरान नगरपालिकाको प्राङ्गणमा 1 दिने अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ ।

उक्त शिविरमा नयाँ अपाङ्गता परिचयपत्रका वितरण गर्नुका साथ साथै आवश्यकता अनुसार पुरानो अपाङ्गता परिचयपत्रलाई परिमार्जन गरी पनि वितरण गरिनेछ ।

यस शिविर कार्यक्रममा अपाङ्ग व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ भने यस कार्यक्रममा परिचयपत्र बनाउन छुटेमा महिला विकास कार्यालय, इनरुवामा गई बनाउन सकिनेछ ।

आवश्यक कागजातहरू
  • नाबालक भए जन्म दर्ताको प्रतिलिपि ।
  • उमेर पुगेको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
  • धरान नगरपालिका भन्दा बाहिरको ठेगाना नागरिकतामा खुलेको भए वसाइसराइको प्रमाणपत्रको प्रतिलिपि ।
  • 1 वटा - पोष्टकार्ड साइजको अपाङ्गता देखिने फोटो ।
  • 2 वटा - पासपोर्ट साइजको फोटो ।

No comments:

Post a Comment