Wednesday, October 6, 2010

अपाङ्गता परिचय पत्र वितरण शिविर सम्पन्न

यही मिति 2067.06.20 गते १ दिने अपाङ्गता परिचय पत्र वितरण शिविर कार्यक्रम सम्पन्न भएको छ । धरान नगरपालिकाको आयोजना तथा महिला विकास कार्यालय अपाङ्गता परिचय पत्र वितरण समितिको सहयोगमा धरान नगरपालिका कार्यालयको प्राङ्गणमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

उक्त कार्यक्रममा  17 वटा रातो कार्ड, 79 वटा नीलो कार्ड, 47 वटा पहेलो कार्ड र 3 वटा सेतो कार्ड गरी जम्मा 146 वटा अपाङ्गता परिचय पत्र कार्ड वितरण गरिएको थियो ।

हाल अपाङ्गतालाई 4 वर्गमा छुट्याइ अपाङ्गता परिचय पत्र प्रदान गरिँदै आएको छ ।

  • रातो कार्ड = पूर्ण अशक्त अपाङ‍्गता
  • नीलो कार्ड = अति अशक्त अपाङ‍्गता
  • पहेलो कार्ड = मध्यम अपाङ‍्गता
  • सेतो कार्ड = सामान्य अपाङ‍्गता
सुनसरी जिल्लामा अपाङ्गता परिचय पत्र जिल्ला सदरमुकाम इनरुवामा रहेको महिला विकास कार्यालयको अपाङ्गता परिचय पत्र वितरण समितिले जारी गर्दै आएको छ ।

1 comment:

  1. अपाङ्ग लाई सिक्षा फरक तरिका र आत्म निर्भर मा पनि हामीले काम गर्नु छ!

    ReplyDelete