Sunday, December 5, 2010

MCPM मा धरान नगरपालिकाको सफलता ।

आर्थिक वर्ष 2065/2066 को "न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (Minimum Condition and Performance Measurements)" मा धरान नगरपालिका 11 औ स्थान हासिल गरी उच्चतम अङ्क प्राप्त गर्ने नगरपालिकाहरूको समूहमा पर्न सफल भएको छ । उक्त अग्रणी स्थान हासिल सँगै फेरी पनि धरान नगरपालिकाले थप 25% अनुदान प्राप्त गर्ने भएको छ । स्थानीय विकास मन्त्रालयबाट प्रत्येक वर्ष गरिने MCPM मापनमा 58 वटा नगरपालिकाहरूले प्राप्त गर्ने अङ्कको आधारमा अनुदान रकम थपघट हुने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष 2065/2066 मा धरान नगरपालिकाले MC मा 13 अङ्कमा 12 अङ्क प्राप्त गरेको छ भने PM मा 100 अङ्कमा 62 अङ्क प्राप्त गरेको छ । त्यस्तै आर्थिक वर्ष 2064/2065 मा MC मा 9 अङ्क र PM मा 59 अङ्क प्राप्त गरेको थियो ।

स्थानीय स्वायत्त शासन ऐन र यस अन्तर्गतका नियमहरूको प्रावधानहरू पालना गरे नगरेको कुरा "न्यूनतम शर्त (MC)" का सूचकहरूबाट थाहा हुन्छ भने नगरपालिकाहरूद्वारा संचालन गरिन कामको समय गुणस्तर र प्रकृया "कार्य सम्पादन (PM)"का सूचकहरूबाट मापन गरी मूल्याङ्कन गरिन‍्छ ।

No comments:

Post a Comment