Tuesday, December 14, 2010

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान धरान नगरपालिकामा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि विश्व मानवअधिकार दिवस (डिसेम्बर १०) सम्म महिला हिंसा विरुद्धको दिवस मनाउने गरिएको छ ।

अभियान अन्तर्गत 2067.08.22 गते नगर पारालिगल कमिटी धरानको संयोजकत्व तथा धरान नगरपालिकाको सहयोगमा 1 दिने गोष्ठी मोती स्मृति भवन, धरान - 12 मा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूलाई नगर पारालिगल कमिटीले आफ्ना कार्यक्रम तथा क्रियाकलापहरूको बारेमा प्रस्तुति गरेको थियो ।

त्यस्तै मिति 2067.08.24 मा नगर पारालिगत कमिटी धरानको संयोजन तथा धरान नगरपालिकाको सहयोगमा नगर र्‍याली कार्यक्रम सम्पन्न भएको थियो । उक्त र्‍याली नगर पारालिगत कमिटी, डकाव समूह, नेपाल आदिवासी जनजाति महिला संघ, पौरखी नेपाल, क्रियाशील महिला समूह, ल्याक महिला सशक्तीकरण जिल्ला समिति, नेपाल राष्ट्रिय महिला दबाब समूह, एकल महिला समूह धरान, निल हिरा समूह, नगर स्तरीय वातावरण समूह आदिको सहभागिता रहेको थियो ।

सरकारले सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष घोषणा गरे छ भने यस वर्ष ‘हिंसाका स्वरूपहरू, शक्ति र महिला हिंसाबीच अन्तःसम्बन्धको विवेचना भन्ने नाराका साथ यो अभियान सञ्चालन भएको थियो ।

No comments:

Post a Comment